घर बनाइदिने प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ « Khabarhub

घर बनाइदिने प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं सितापाईला बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका–४ घर भएका २४ वर्षीय राज प्रजा, २५ वर्षीय राज कुमार प्रजा, ३० वर्षीय दिपक प्रजा, ३८ वर्षीय श्याम कुमार प्रजा र ३४ वर्षीय विनोद प्रजा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नगद ८५ हजार ५ सय रुपैयाँ, नक्कली छाप ४ थान, रजिष्ट्रेशन फर्महरु, भिजिटिङ कार्ड, रजिष्टरहरु, एभरेष्ट र महालक्ष्मी बैंकको चेक बुक २ थान, मोबाइल २ थान र नेपाली राहदानी १ थान समेत बरामद गरेको छ ।

यसैबीच, काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थितमा विभिन्न व्यक्तिहरुको गिरोहले ठगी गर्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई चितवन राप्ती नगरपालिका–१३ बस्ने २ जना व्यक्तिलाई ठगी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

निजहरुले मकवानपुरको लोथरमा ३ सय घर धुरीको चेपाङ वस्ती बनाईदिने भनी प्रत्येक घर धुरीबाट फर्म भरे वापत २ हजार रुपैयाँ र पछि उक्त रकम बराबरको घर र शौचालय बनाई दिने भनी ठगी गर्ने गरेको अनुसन्धनाबाट खुल्न आएको छ । यस विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ६ : ३६ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु