घर बनाइदिने प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ « Khabarhub

घर बनाइदिने प्रलोभन देखाएर ठगी गर्ने ५ जना पक्राउ


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच लाख रुपैयाँ बराबर रकमको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं सितापाईला बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका–४ घर भएका २४ वर्षीय राज प्रजा, २५ वर्षीय राज कुमार प्रजा, ३० वर्षीय दिपक प्रजा, ३८ वर्षीय श्याम कुमार प्रजा र ३४ वर्षीय विनोद प्रजा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट नगद ८५ हजार ५ सय रुपैयाँ, नक्कली छाप ४ थान, रजिष्ट्रेशन फर्महरु, भिजिटिङ कार्ड, रजिष्टरहरु, एभरेष्ट र महालक्ष्मी बैंकको चेक बुक २ थान, मोबाइल २ थान र नेपाली राहदानी १ थान समेत बरामद गरेको छ ।

यसैबीच, काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थितमा विभिन्न व्यक्तिहरुको गिरोहले ठगी गर्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई चितवन राप्ती नगरपालिका–१३ बस्ने २ जना व्यक्तिलाई ठगी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

निजहरुले मकवानपुरको लोथरमा ३ सय घर धुरीको चेपाङ वस्ती बनाईदिने भनी प्रत्येक घर धुरीबाट फर्म भरे वापत २ हजार रुपैयाँ र पछि उक्त रकम बराबरको घर र शौचालय बनाई दिने भनी ठगी गर्ने गरेको अनुसन्धनाबाट खुल्न आएको छ । यस विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ६ : ३६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्