तिब्बतीलाई नागरिकता सिफारिसको आरोपमा वडाध्यक्ष पक्राउ | Khabarhub Khabarhub

तिब्बतीलाई नागरिकता सिफारिसको आरोपमा वडाध्यक्ष पक्राउ


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको सिफारिस दिएको आरोपमा वडाध्यक्षसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापा, वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

शणार्थीका सन्तानलाई वडा कार्यालयबाट वंशजको नागरिकता प्रदान गर्नका लागि सिफारिस गरेकाले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको कार्कीले जानकारी दिए ।

सोही वडाका लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग विवाह गरेका छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएका थिए । थापाका नातिनी सरु र तासी आङ्मोले जिल्ला प्रशासनबाट गत जेठ २६ र असार ६ गते नेपाली नागरिकता लिएका थिए ।

झुटो विवरण पेश गरेर उनीहरुले नागरिकता लिएको भन्ने उजुरी आउनासाथ प्रशासनले दुवै जनाको नागरिकता जफत गरेको थियो भने झुटो विवरण पेश गर्ने थापासहित घटनामा संलग्नहरुलाई पक्राउ गरेको थियो ।
–––

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ८ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’