ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग « Khabarhub

ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि नेपाली अभियानले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र पत्रकारमाथि हमला गर्नेहरुलाई तत्काल कारबाहीको माग गरेको छ ।

नेपालका लागि नेपाली अभियानका तर्फबाट सुरेन्द्र भण्डारीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका विद्यार्थीहरु जवरजस्ती घुसपैठ गरी पत्रकार भेटघाट कार्यक्रम भाँडेको तथा पत्रकार र ज्ञानेन्द्र शाहीमाथि हातपात भएको भन्दै दुख व्यक्त गरेको छ ।

यो घटनाले मानव अधिकार र मौलिकहकको राज्यद्वारा जघन्य रुपमा उल्लंघन भएको जनाइएको छ ।

घटनाका दोषिलाई गिरफ्तार नगर्ने र कारवाही नगर्ने तर निर्दोष शाहीलाई सुरक्षाको नाममा प्रहरी नियन्त्रणमा राखि छोड्न पूर्व एसपी दिलिप बस्नेतलाई जमानीको कागज गराएर पनि नछोड्ने र उल्टै शाहीमाथि अभद्र व्यवहारमा मुद्दा चलाउने सरकारी कार्यबाट कानूनको शासन पराजित भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा सरकारले ज्ञानेन्द्र शाहीलाई सुरक्षित गर्ने जिम्मा लिनुपर्ने, हमलाकारीमाथि कारवाही गर्नुपर्ने, झुठ बोल्ने र आफ्ना कार्यकर्ता परिचालन गरि गुण्डागर्दी गराउने मन्त्री योगेश भट्टराईले या त सार्वजनिक रुपमा माफी माग्नुपर्ने या उनलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : २१ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका