ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग « Khabarhub

ज्ञानेन्द्र शाहीमाथि नेकपा कार्यकर्ताले हमला गरेको आरोप, तत्काल कारबाहीको माग


३० भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि नेपाली अभियानले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही र पत्रकारमाथि हमला गर्नेहरुलाई तत्काल कारबाहीको माग गरेको छ ।

नेपालका लागि नेपाली अभियानका तर्फबाट सुरेन्द्र भण्डारीले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका विद्यार्थीहरु जवरजस्ती घुसपैठ गरी पत्रकार भेटघाट कार्यक्रम भाँडेको तथा पत्रकार र ज्ञानेन्द्र शाहीमाथि हातपात भएको भन्दै दुख व्यक्त गरेको छ ।

यो घटनाले मानव अधिकार र मौलिकहकको राज्यद्वारा जघन्य रुपमा उल्लंघन भएको जनाइएको छ ।

घटनाका दोषिलाई गिरफ्तार नगर्ने र कारवाही नगर्ने तर निर्दोष शाहीलाई सुरक्षाको नाममा प्रहरी नियन्त्रणमा राखि छोड्न पूर्व एसपी दिलिप बस्नेतलाई जमानीको कागज गराएर पनि नछोड्ने र उल्टै शाहीमाथि अभद्र व्यवहारमा मुद्दा चलाउने सरकारी कार्यबाट कानूनको शासन पराजित भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा सरकारले ज्ञानेन्द्र शाहीलाई सुरक्षित गर्ने जिम्मा लिनुपर्ने, हमलाकारीमाथि कारवाही गर्नुपर्ने, झुठ बोल्ने र आफ्ना कार्यकर्ता परिचालन गरि गुण्डागर्दी गराउने मन्त्री योगेश भट्टराईले या त सार्वजनिक रुपमा माफी माग्नुपर्ने या उनलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरिएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७६, सोमबार  ७ : २१ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको