यी पाँच समस्या भएका व्यक्तिले कागती पानी खानु झन खतरा ! | Khabarhub Khabarhub

यी पाँच समस्या भएका व्यक्तिले कागती पानी खानु झन खतरा !


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कागती पानी खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । चिकित्सकहरुले समेत विभिन्न स्वास्थ्य सम्बन्धी समस्या न्यून पार्न कागती पानी खान सल्लाह तथा परामर्श दिन्छन् ।

तर, कागती पानी खानु केही व्यक्तिहरुका लागि भने खतरा हुने गर्छ । स्वास्थ्यमा के कस्ता समस्या हुँदा कागती पानी नखाने ? यस विषयमा केही टिप्सः

१. मुटुका रोगीहरु

मुटु सम्बन्धी रोग भएका व्यक्तिले कागती पानी खानु उचित हुँदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ । कागती पानीको धेरै प्रयोग गर्नाले एसिडिटी वढ्ने, मुटुको जलन र एसिड रिफलक्स जस्ता समस्याले सताउने गर्छ । मुटुका रोगीहरु कागती पानीबाट टाढा बस्नु नै फाइदा हुन्छ ।

२. अल्सर भएका व्यक्ति

अल्सर भएका व्यक्तिहरुका लागि पनि कागती पानी घातक बन्न सक्छ । त्यसैले यस्ता व्यक्तिले कागती पानी नखानु राम्रो हुन्छ । पेट दुख्ने र पोल्ने समस्याले अल्सरलाई झन मलजल गर्छ । यसले स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँछ ।

३. दाँतको समस्या भएको व्यक्ति

कागती पानी धेरै पिउनाले दाँतको इनामेल नष्ट भई टुक्रिने, फुट्ने र सेन्ट्रिभेट बढ्न सक्छ । दाँतको समस्या भएका व्यक्तिहरुले कागती पानी पिउन हुँदैन् । आफ्नो शरीरले खप्न सक्ने जति मात्र कागती पानी पिउन सकिन्छ । त्यस्तै पिसाबसँग सम्बन्धित समस्या भएको व्यतिmले कागती पानी पिउन उचित नहुने चिकित्सकहरु बताउँछन् ।

४. डाइबेटिज र पत्थरीको सर्जरी गरेको व्यक्ति

कागती पानीले छिटो पिसाब लाग्ने हुँदा पत्थरीको सर्जरी गरेका व्यक्तिहरुलाई कागती पानीले समस्या पार्छ । डाइबेटिज र पथरीको सर्जरी गरेको व्यक्तिलाई कागती पानी निकै घातक हुन्छ ।

५ कफ र पित्तको समस्या भएको व्यक्ति

कागती पानीले कफ र पित्त बढाउँछ । कफ र पित्तको समस्या भएको व्यक्तिले कफ र पित्त बढाउने सम्भावना धेरै हुन्छ । कागती पानी पिउने बानीले आफ्नै शरीरलाई ठूलो समस्यामा पार्छ । स्वस्थ र व्यस्त रहन अत्यधिक कागती पानी पिउनबाट टाढा रहनुपर्छ ।

विशेषज्ञका अनुसार कागतीमा पाइने एसिड र मानव शरीरमा पाइने एसिड मिश्रण हुँदा अझै स्वास्थ्य बिग्रने सम्भावना धेरै हुन्छ । त्यसैले अधिक मात्रामा कागती पानीको सेवन स्वास्थ्यका लागि खतरा बन्न सक्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ७ : ४३ बजे

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

धनुषा – जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको आज पूजापाठ

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका – बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम – गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण