शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नेपालगञ्जबाट काठमाडौंका लागि फर्किने क्रममा विमानस्थल आइपुग्दा केही ढिलो भएको र विमानलाई रोकाइएको भन्दै विमानका केही यात्रुले आक्रोश पोखे ।
सामाजिक सञ्जालमा उनीहरुले मन्त्रीमाथि आकोश पोखेको भिडियो भाइरल हुँदा मन्त्री भट्टराईले क्षमा माग्दै उक्त घटनाका लागि राजावादीहरुलाई दोषी ठहराए ।
सो भिडियोमा देखिएको आक्रोशित जमातको भाषा असंयमित भएपनि मन्त्रीको आफ्नो कारणले अन्य यात्रीहरुलाई भएको असुविधाकालागि तत्काल क्षमा मागेर परिस्थितिलाई सहज बनाउनपर्ने ठाउँमा उक्त घटनालाई राजावादी षड्यन्त्रको संज्ञा दिएर राजनीतिक रंग–रोगनमा आफूलाई लुकाउने प्रयत्न गरेका छन् ।
आराध्यदेव भगवान पशुपतिनाथको प्राङ्गणमा हुनेगरेको साँझको आरतीभन्दा पहिला राष्ट्रिय गान बजाउने उनको निर्देश विवादित भइसकेको छ ।
पशुपतिनाथको आराधनामा लीन भएका भक्तहरु र त्यहीं आर्यघाटमा दाह–कर्मगर्न आएका मलामीहरुकालागि राष्ट्रिय गानले असहजता हुने भन्दै यस विषयमा जिज्ञासु समुदाय स्पष्ट हुन खोज्दा तीजमा ब्रतालु महिलाले त्यही मलामी बसेको ठाँउमा नाँच–गान गर्दा अन्यथा नहुने गरेको तर्क मन्त्री भट्टराईले दिएका थिए ।
यही साउनमा रामेछाप–सिन्धुली जोड़्न खैरनी घाटमा बनेको पुल उद्घाटन गर्न पुगेका प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट लखेट्ने चेतावनी दिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएका ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै ‘धेरै सक्रियता देखाए पूर्व राजा ज्ञानेन्द्र शाहले नसोचेको परिणाम भोग्नुपर्छ’ भनि उनले धम्कीयुक्त भाषा प्रयोग गरेका थिए ।
गत मङ्गसिरको एक साँझ पूर्व राजा ज्ञानेन्द्र शाह आफ्ना नातेदार राजीव शाहीको जन्मदिन मनाउने क्रममा नाच्दै गरेको तस्वीर सार्वजनिक भएको थियो । ज्ञानेन्द्रले त्यहाँ कुनै रानजीतिक अभिव्यक्ति दिएका थिएनन् । तर त्यस्को केही दिन पछि कास्कीको सिक्लेस पुगेका प्रचण्डले ‘निरङ्कुश शासकहरुलाई बिर्सेका छैनौं । अहिले उनीहरु नाच्दै हिँड़ेका छन् रे होटल होटलमा । के का लागि नाचेका हुन् ?’ भन्दै रिस पोखे ।
नेपाल इन्जिनियर्स एसोसिएशनका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री केपी ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सांकेतिक विरोध जनाएका थिए ।
‘अहिले कोहि कोही देश दौडाहा, तिर्थ र श्राद्घमा गएका छन् , अब लोकतन्त्रलाई तलमाथि गर्नसक्ने कुनै शक्ति छैन’ भन्दै प्रमले अहिले राजतन्त्रात्मक होइन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था देशमा रहेको बताए ।
यस्तै संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘चिहानमा पुगिसकेको राजतन्त्रलाई हड्डी फुकेर फर्काउने कोशिस भइरहेको’ भन्दै त्यो कुरा नचिताउन चेतावनी दिएका थिए । केही अघि भक्तपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै प्रमले ‘राजतन्त्र फेरि चाहियो भन्ने मुर्खहरुपनि नेपालमा छन्’ भन्दै उपहास गरेका थिए ।
यी सबै आक्रोश, चेतावनी र धम्कीयुक्त भाषाहरुको प्रयोग गर्नुपर्ने रहस्य के हुन सक्छ ? संघीय संसदमा ठूलो बहुमत सहितको सरकार र ७ प्रदेशमध्ये ६ प्रदेशमा आफ्नै दलको स्पष्ट बहुमतको सरकार हुँदाहुँदै पनि नेकपाका नेताहरु ‘गणतन्त्रमाथि षड्यन्त्र भइरहेको’ भनेर किन तर्सिरहेका होलान् ?
यसै गरि दाङ पुगेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शनिबार ‘राजसंस्था र राजा फकिैदैन । मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरु मूर्खहुन्’ भन्ने अभिव्यक्ति दिएका थिए । उनले राजा फर्काउने पक्षमा कांग्रेस कहिल्यै नभएको समेत प्रष्ट पारेका छन् ।
यही क्रमलाई निरन्तरता दिँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफ्नो अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई विगतमा दिएको चेतावनी बारे सहमति जनाउँदै अत्यन्त अमर्यादित शैलीमा नागार्जुनबाट गलहत्याएर निकाल्ने धम्की दिँदै ‘सिनो भैसकेको राजतन्त्र अब फर्कदैन’ भनि दावी गरे ।
यी सबै आक्रोश, चेतावनी र धम्कीयुक्त भाषाहरुको प्रयोग गर्नुपर्ने रहस्य के हुन सक्छ ? संघीय संसदमा ठूलो बहुमत सहितको सरकार र ७ प्रदेशमध्ये ६ प्रदेशमा आफ्नै दलको स्पष्ट बहुमतको सरकार हुँदाहुँदै पनि नेकपाका नेताहरु ‘गणतन्त्रमाथि षड्यन्त्र भइरहेको’ भनेर किन तर्सिरहेका होलान् ?
संसदमा दर्ता हुन पुगेका गुठी, मिडिया, मानव अधिकार, संवैधानिक निकायलाई नियन्त्रण गर्न लगायतका विधेयकहरुमा प्रतिपक्षको मौन समर्थनका कारण सम्बन्धित पक्षहरु आपैm विरोधमा उत्रिन बाध्य भएकै छन् । मधेस केन्द्रित दलबाट राजतन्त्रको पक्षमा केहिपनि हुनसक्ने सम्भावना देखिँदैन । यति हुँदाहुदै पनि राष्ट्रिय राजनीतिलाई पूर्णतः नियन्त्रणमा लिन सफल यी दलहरु केबाट आतंकित भएका छन् ? जबकि पूर्व राजा ज्ञानेन्द्र शाह एकपक्षिय रुपमा मौन छन् ।
बेलायतबाट उपनिवेश बनाइएको भारत ई.सं. १९४७ मा स्वतन्त्रता प्राप्त गरे पछि स्वतन्त्रता आन्दोलनका प्रेरक महात्मा गान्धीले कांग्रेस पार्टीलाई विसर्जन गर्नुपर्ने धारणा राखेको धेरैको बुझाई छ । उनको विचारमा अनेकौं दृष्टिकोण भएका व्यक्ति एवं समूहले अंग्रेजलाई भारतबाट धपाउन कांग्रेसलाई एउटा संयुक्त मञ्चकोरुपमा प्रयोग गरेकोले सोको औचित्य समाप्त भइसकेको थियो तर जवाहरलाल नेहरुले आफ्नो राजनीतिक भविष्यलाई सुरक्षित बनाउन गान्धीसंग सहमति जनाएन । कांग्रेसको ४० वर्षे एकछत्र शासन काल भरि सत्तामा आउनेहरुले आफ्ना सबै कमी कमजोरीको दोष अंग्रेजहरुले भारतलाई शोषण गरेको भन्दै पन्छिए ।
नेपालको सत्ता राजनीतिको अवस्था पनि लगभग उस्तै देखिन्छ । यहाँ कृत्रिम प्रतिपक्ष हुने गर्छ जो कि विभिन्न भागबण्डा मार्पmत सत्ताका सहयात्री हुन् । वैचारिक भिन्नता नभएकाले सत्ता परिवर्तन भएपनि जनतालाई कुनै प्रकारको फरक अनुभूतिहुने गरेका छैन । अहिले संसदमा भएका सबै राजनीतिक दलहरु समाजवादी पक्षधर भएको दावी गर्दै छन् ।
केही शब्द क्रीडा बाहेक वर्तमान सबै दलहरु एउटै प्रकारको अर्थ–व्यवस्थाका पक्षपाती हुन । नेपालमा सरकार र प्रमुख प्रतिपक्षमा बसेका दलहरुले गठबन्धन गरेर सरकार बनाउने अनौठो चलन रँहदै आएको छ ।
संसद गठन भएको तीन वर्ष भित्र ४०० भन्दा बढ़ी कानून निर्माणहुनु पर्नेमा हाल सम्म ४० वटापनि बन्न सकेको छैन । जनतालाई करको अत्यधिक भार बोकाएरपनि पूर्वाधार निर्माणको रफ्तार कछुवाको गतिमा छ । अदालत, अख्तियार, सुरक्षा निकाय लगायतमा भएको भागबण्डाका कारण यी सबै अंगहरु निर्जीव हुँदै गएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबीन आयोगमा राजनीतिक भागबण्डा नगर्न राष्ट्रिय मानव अधिकार आयोगले चेताएका छन् । त्यसैले यी सबै असफलतालाई ढाकछोप गर्न अचुक एवं अमोघ अस्त्रकारुपमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई लाञ्छना लगाएर आफूलाई चोख्याउने प्रयास जारी छ ।
प्रतिक्रिया