अचम्म ! जहाँ दुई वटा बिहे नगरे हुन्छ कारबाही « Khabarhub

अचम्म ! जहाँ दुई वटा बिहे नगरे हुन्छ कारबाही


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालमा एकभन्दा बढीसँग विवाह गरे बहु विवाहको मुद्दा लाग्छ । यदि कसैले दुई वा दुईभन्दा बढी विवाह गरेको खण्डमा उसलाई पाँच वर्ष जेल र ५० हजारसम्मको जरिवाना हुनसक्ने मुलुकी फौजदारी संहितामा उल्लेख छ । तर यो नियम नेपालका लागि हो ।

देश अनुसार आ–आफ्नै कानून हुन्छन् । एउटा यस्तो पनि मुलुक छ जहाँ दुई वटा विवाह नगरे उल्टै कारबाहीको भागेदार बन्नुपर्छ । अफ्रिकी मुलुक इरिट्रीयामा यस्तो अनौठो नियम बनाइएको छ ।

यो मुलुकको नियम नेपालको भन्दा ठिक विपरित छ । हरेक पुरुषले दुईवटा बिहे गर्नुपर्दछ । जहाँ पहिलो बिहेपछि अर्को बिहे नगर्दा उसलाई कानून लाग्छ । दोस्रो बिहे गरेन भने उसलाई उमेर कैद पनि हुन सक्ने व्यवस्था छ ।

यस्तो नियम बनाइनुको कारण पुरुषको तुलनामा महिलाको संख्या निकै बढी भएर हो । महिलाको सुरक्षाका लागि पनि यस्तो नियम बनाइएको बताइन्छ । त्यसैले हरेक पुरुषले दुईवटा बिहे गर्नुपर्छ । यदि महिलाले विवाह गर्न नमानेमा उसलाई पनि उमेर कैद हुने व्यवस्था छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ४१ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा