निश्चल ‘पारस’ बन्ने, माधव वाग्ले निर्देशक « Khabarhub

निश्चल ‘पारस’ बन्ने, माधव वाग्ले निर्देशक


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता माधव वाग्लेले निर्देशन गर्ने भनिएको चलचित्रको नाम ‘पारस’ रहने भएको छ । यो चलचित्रमा निश्चल बस्नेतलाई पारस पात्रको भूमिकामा देख्न सकिनेछ ।

यही फिल्मबाट वाग्लेले निर्माताबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । उनले यो फिल्म लेख्न प्रदीप भारद्वाजलाई जिम्मा दिएका छन् । लामो समयदेखि निर्माणका कारण चर्चामा रहेको फिल्ममा निश्चल बस्नेत हुने पक्का भए पनि अन्य कलाकार भने छनोट हुन बाँकी छ ।

चलचित्रलाई ‘द अनलक्की म्यान’ भनिएको छ । यसको अर्थ फिल्ममा एक अभागी युवकको कथा हुनेछ ।

निर्माता वाग्लेले यो फिल्मको रिलिज मिति आउँदो चैत्र २८ गते घोषणा गरेका छन् । यही मितिमा चलचित्र ‘प्रेम गीत ३’ पनि रिलिज हुने चर्चा छ ।

योसँगै नयाँ वर्षको छेकोमा नेपाली चलचित्रको ठूलै भिडन्त हुने पक्काजस्तै भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ११ : ३९ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले