झापामा ५०० भन्दा बढी डेङ्गुका बिरामी, २ जनाको मृत्यु « Khabarhub

झापामा ५०० भन्दा बढी डेङ्गुका बिरामी, २ जनाको मृत्यु


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– ३ महिना अडाडि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ ।

डेङ्गु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ । स्थानीय तहले डेङ्गु नियन्त्रणका लागि चासो दिनुपर्ने भएपनि जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलको भनाइ छ ।

डेङ्गुका कारण झापामा हालसम्म २ जनाको मृत्यु भइसकेको छ । यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको सङ्ख्या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुनसक्ने पौडेलले बताए ।

झापामा डेङ्गु पहिलोपटक मेचीनगरमा फेला परेको थियो । झापाका मेचीनगर, विर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेङ्गुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १२ : ०५ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण