प्रहरीको ‘सम्झाइ बुझाइ’पछि रिहा भए ज्ञानेन्द्र शाही « Khabarhub

प्रहरीको ‘सम्झाइ बुझाइ’पछि रिहा भए ज्ञानेन्द्र शाही


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘पत्रकार सम्मेलन’का क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही सोमबार रिहा भएका छन् ।

आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्ने शाहीले आइतबार ललितपुरको पुल्चोकमा आयोजना गरेको ‘पत्रकार सम्मेलन’मा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

शनिबार नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि हुलहुज्जत गरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकर्ताले शाही समेतले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रमण प्रसाय गरेका थिए ।

पत्रकार सम्मेलनमा आफूहरुमाथि आक्रमण प्रयास गर्दा पनि प्रहरीले सहयोग गरेको भन्दै शाहीले प्रहरीमाथि नै दुव्र्यवहार गरेकाले उनलाई नियन्त्रणमा लिइएएको प्रहरीको भनाइ थियो ।

शुक्रबार प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा राखिएका शाहीलाई ‘आगामी दिनमा यस्ता गतिविधि नगर्ने शर्त’मा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकबहादुर राईले जानकारी दिए ।

‘उहाँ (शाही)लाई सम्झाइ बुझाइ, आगामी दिनमा यस्ता गतिविधि नगर्ने भनेर छाडिएको छ,’ राईले भने ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १ : १६ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता