काठमाडौं– यु–१९ दुबई जुनियर सिरिज २०१९ ब्याडमिन्टन प्रतियोगिताका स्वर्ण विजेता खेलाडी प्रिन्स दालाल स्वदेश फर्किएका छन् । सोमबार नेपाल फर्किएका दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारिहरुले स्वागत गरेका छन् ।
पहिलो पटक दुबई जुनियर च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका उनलाई संघका पदाधिकारी तथा सुभ चिन्तकले विमानस्थलमा स्वागत गर्दा काँधमा नै बोके ।
प्रिन्सले आइतबार भएको यु–१९ सिंगल्सतर्फ विश्व बरियताको नवौं नम्बरका भारतीय खेलाडी वरुण कपुरलाई पराजित गर्दै उपाधि हात पारेका थिए ।
त्यस्तै, डबल्सतर्फ प्रिन्सले कास्य पदक जितेका थिए ।
प्रतिक्रिया