दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार « Khabarhub

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन (आइतबार) नै दोहोरो अंकले ओरालो लागेको शेयर बजारले दोस्रो दिन (सोमबार) पनि सोही लय पछ्याएको छ ।

सोमबार शेयर बजार परिसूचक नेप्से  नेप्से १६.१८ अंक अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४६ अर्थात् ३.६६ अंकले घटेर २४६.३५ बिन्दुमा पुगेको छ ।

नेप्से सोमबार दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए । आइतबार कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारका आधारमा सोमबार छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १ करोड ८० लाख १९ हजार ९४५ रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

यस्तै, नेपाल बैंक लिमिटेडको १ करोड ७९ लाख ८३ हजार ३ सय १६, सिटिजन बैंकको १ करोड ४९ लाख ४४ हजार १ सय ९५, एनआइसी एसिया बैंकको १ करोड १९ लाख ९५ हजार ४ सय ५५, सिद्धार्थ बैंकको १ करोड १९ लाख २७ हजार ७ सय ९५, नेपाल लाइफ इन्स्योरेन्स १ करोड १२ लाख ३७ हजार ३ सय ८७ र शिवम् सिमेन्टको शेयर ९७ लाख ७० हजार ५ सय ३८ रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

सोमबार बजारमा साल्ट ट्रेडिङका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २.९३, छ्याङदी हाइड्रोपावर २.५३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.४६ र सिर्जना फाइनान्सका लगानीकर्ताले २.०४ प्रतिशतले कमाए ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७.०९, सिनर्जी पावर ६.०६, आइएमई जनरल इन्स्योरेन्स ५.७३, एनएलजी इन्स्योरेन्स ५.६७, युनियन हाइड्रोपावर ५.५५ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ४ : ३६ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी