लामखुट्टे नियन्त्रण गर्ने ‘डेंगु गन’ स्वास्थ्यका लागि खतरा « Khabarhub

लामखुट्टे नियन्त्रण गर्ने ‘डेंगु गन’ स्वास्थ्यका लागि खतरा


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर डेंगुको त्रास बढिरहेको बेला भक्तपुरबाट निर्वाचित सांसाद महेश बस्नेतले मध्यपुर नगरपालिका–१ को सुकुमबासी बस्तीमा फगिङ मेसिन (‘डेंगु गन’)  लिएर लामखुट्टे मार्ने अभियान सरिक भए ।

सांसद बस्नेत आफैले  फगिङ मेसिन चलाएर सुमुकबासी बस्तीभरी धुवाँ उडाए । डेंगु नियन्त्रणका लागि लामखुट्टे नष्ट गर्न फगिङ मेसिन चलाएर अभियानमा जुटेका सांसद बस्नेतको कार्यलाई धेरैले प्रशंसा पनि गरे ।

सांसद बस्नेतले मात्रै होइन विभिन्न संघ संस्था र स्थानीय तहका जनप्रतिनिधिहरुले पनि डेंगु नष्ट गर्ने भन्दै फगिङ मेसिनको प्रयोगले लामखुट्टे नष्ट  गर्न थाले ।

स्थानीय स्तरमा डेंगु नियन्त्रणका लागि फगिङ मेसिन चलिरहदा विज्ञहरुले भने फगिङमा हुने रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन् ।

विभिन्न रोगहरुको विषयमा अध्ययन अनुसन्धान गर्ने स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार विज्ञप्ती निकाल्दै डेंगु नियन्त्रणका लागि विषादी प्रयोग गरिएको फगिङले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने बताएको छ ।

परिषद्का अनुसन्धान शाकाका प्रमुख डा मेघनाथ धिमालले फगिङले स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले डेंगु नियन्त्रणमा फगिङ प्रयोग गर्नै नहुने बताए ।

‘अहिले विभिन्न क्षेत्रमा जनप्रतिनिधिहरु फगिङ मेसिनबाट धुवा उडाउँदै डेंगु नियन्त्रणको अभियान भनेर लाग्नुभएको छ,’ डा धिमालले भने, ‘त्यो मेसिन डेंगु नियन्त्रणमा प्रभावकारी छैन, बरु त्यसले गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पुर्‍याइरहेको छ ।’

परिषद्ले अयाोजना गरेको पत्रकार सम्मेलनमा डा इशान गौतम पनि डेंगु नियन्त्रणको नाममा फगिङ मेसिन प्रयोग हुनु गलत भएको बताउँछन् ।

‘फगिङले लामखुट्टे नष्ट गर्नु प्रभावकारी छैन, यसले लामखुट्टे मार्ने भन्दा पनि दम, फोक्सोमा असर पुर्‍याउन सहयोग गर्छ,’ डा गौतम भन्छन्, ‘फगिङबाट धुवाँ उडाउनु भनेको विषादी मिसिएको वस्तुको प्रयोग हुनु हो, त्यसले कुनै फाइदा नै गर्दैन ।’

डा गौतमले सरकारले देशब्यापी महाअभियान सञ्चालन नगरी डेंगु नियन्त्रणमा आउन नसक्ने तर्क गरे ।

हिमाल चढ्दै लामखुुट्टे

डेंगु रोग एडिस एजिप्टाई र एडिज अल्बोपिक्टस नाम पोथी लामखुट्टेको कारण मानिसमा सर्ने गरेको छ । स्वास्थ्य अनुन्धान परिषद्का अनुसार जलवायु परिवर्तनको कारण डेंगु सार्ने लामखुट्टेहरु भौगोलिक सीमा विस्तार गरिरहेका छन् ।

नेपालमा एडिज एजिप्टाइ जातको लामखुट्ट् १ हजार ८ सय मिटर तथा एडिज अल्बोपिक्ट जातको लामखुट्टे २ हजार १ सय मिटरको उचाइमा पाइन थालेका छन् ।

डेंगुको विषयमा सचेतना १३ प्रतिशतलाई मात्रै

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको ज्यान गएको छ । त्यस्तै ५६ जिल्लाका ५ हजार ९५ जना डेंगुबाट संक्रमित भएका छन् ।

लामखुट्टेको टोकाइबाट बच्न समयमै सचेत र सरसफाइ गरेमा डेंगुबाट बच्न सकिन्छ । डेंगु रोगका सचेतनाका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारमा बजेट पनि गएको छ ।

तर नेपालमा डेंगुको विषयमा सचेतना भने १३ प्रतिशत व्यक्तिमा मात्रै रहेको स्वास्थ्य अनुसन्धान परिषदे जनाएको छ । डेंगु नियन्त्रणका लागि प्रभावित क्षेत्रमा लामखुट्टेको वृद्धि विकास रोक्न जरुरी हुन्छ । तर डेंगुले प्रकोपको रुप लिँदै गर्दा यसको नियन्त्रणका लागि मानिसहरुमा सचेतना नै नभएको डा धिमालको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ०४ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ