डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक « Khabarhub

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गीतकार डा. डीआर उपाध्याय खनालको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक भएको छ। आध्यात्मिक तथा भक्तिमूलक भावनामा रहेकाे भजन काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो।

डा। उपाध्यायकै शब्द तथा स्वर रहेको भजनमा भक्ति, आध्यात्मिक चेतना र सामाजिक सन्देशलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरिएको छ। ‘हरे कृष्ण’मा सागर अधिकारी ‘शरद’को संगीत, सञ्जय श्रीपालको एरेञ्ज तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको छ।

खेमनाथ खनालको निर्देशनमा तयार भएको भिडियोमा रामशरण उप्रेतीको छायांकन तथा सञ्जय अधिकारीको दृश्य सम्पादन र कलर रहेको छ। भिडियोमा डा। उपाध्यायसँगै सुनिता खनाल, तुलसी खड्कालगायतको अभिनय छ।

कार्यक्रममा गीत तथा भिडियोमा संलग्न सर्जकसँगै वरिष्ठ पत्रकार तुलसी गिरी, धिरज दाहाल, सुभाष प्रधान, कृष्ण भुसाललगायत सहभागी थिए। सहभागीहरूले ‘हरे कृष्ण’मार्फत डा। उपाध्यायको सिर्जनात्मक व्यक्तित्वसँगै उनको आध्यात्मिक भावनासमेत अभिव्यक्त भएको बताए।

डा। उपाध्यायले देश तथा विदेशका विभिन्न मठमन्दिरको दर्शनसँगै आफ्नो सिर्जनात्मक यात्रालाई निरन्तरता दिइरहेको बताए। साहित्य, गीत–संगीत तथा सिर्जनाका विभिन्न विधामा सक्रिय उनले नयाँ पुस्तामाझ मनोरञ्जनसँगै आध्यात्मिकता, सामाजिक चेतना र सकारात्मक सन्देश पुर्‍याउने उद्देश्यले सिर्जना गर्दै आएको बताए।

गीत–संगीतको क्षेत्रमा सक्रिय डा। उपाध्यायका तीन दर्जनभन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन्। उनका ३७ एल्बमका १५० भन्दा बढी गीतका भिडियो सार्वजनिक छन्। प्रेम, माया, रोमान्स र विछोडसँगै समाज, संस्कृति, पर्यटन, स्वास्थ्य, श्रम तथा सामाजिक चेतनाका विषय उनका सिर्जनामा समेटिएका छन्।

गीत–संगीतसँगै पुस्तक लेखनमा समेत सक्रिय उपाध्यायका विभिन्न आकार र संरचनाका गीति पुस्तक तथा उपन्यास प्रकाशित छन्। उनका ‘वज्राघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसूर’, ‘मझधार’ र ‘आशक्ति’लगायत उपन्यास प्रकाशित छन्।

सिर्जनात्मक प्रयोगमार्फत उनले विभिन्न विश्व कीर्तिमानसमेत कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विभिन्न संस्थाबाट उनले १५३ वटा विश्व रेकर्डका प्रमाणपत्र प्राप्त गरेको बताइएको छ।

महिला–पुरुषबीचको सम्बन्ध, सांकेतिक भाषा, तीनवटा सप्तकमा तयार गरिएको गीत, पर्यटनस्थल समेटिएका गीत तथा सामाजिक सन्देशसहितका सिर्जना उनका विभिन्न प्रयोगमा पर्छन्।

गीतकारका रूपमा समेत विभिन्न सम्मान प्राप्त गरेका उपाध्याय ‘हिरो २०१९’, ‘वर्ष गीत पुरस्कार’ तथा दादा साहेब फाल्के अवार्डबाट सम्मानित भएका छन्।

उनले मनोरञ्जनसँगै सामाजिक चेतना र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न विषयमा सिर्जना गर्दै आएको बताए। ‘हरे कृष्ण’ पनि यही सिर्जनात्मक यात्राको पछिल्लो कडी भएको उनको भनाइ छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १० : ०० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको