उपासना भन्छिन् – म सौगात मल्लको ठूलो फ्यान हुँ | Khabarhub Khabarhub

उपासना भन्छिन् – म सौगात मल्लको ठूलो फ्यान हुँ


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जम्मा दुई चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी नायिका उपासना सिंह ठकुरी यतिबेला चलचित्र ‘कबड्डी ३’ को प्रचारमा छिन् । चलचित्रमा उनले अभिनेता दयाहाङ राईसँग स्किृन शेयर गरेकी छिन् । हास्यप्रधान यो चलचित्रको रिलिजअघि राम्रो चर्चा छ ।

सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उपासनाले आफू अभिनेता सौगात मल्लाको फ्यान भएको बताइन् । साथै उनले सौगात मल्लका सबै फिल्म हेरेको पनि बताइन् ।

‘म सौगात मल्लको एकदमै ठूलो फ्यान हो, ‘कबड्डी ३’ मा काम गर्दा पनि मैले सौगात मल्ल हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधेकी थिएँ,’ उपासनाले भनिन्, ‘मैले उहाँका सबै फिल्म हेरेकी छु ।’

लाखौँ फ्यान कमाएकी उपासनाले आफूले चलचित्र ‘कबड्डी ३’ मा काम गर्न च्यालेन्जिङ भए पनि यो फिल्ममा काम गर्दा धेरै कुरा सिकेको बताइन् । ‘यो फिल्ममा अभिनय गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएँ, दयाहाङ राईसँग काम गर्दा अभिभावकत्व पाएँ,’ उनले भनिन् ।

चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, विल्सनविक्रम राई, कर्मा, रिश्मा गुरुङ लगायतका कलाकारको समेत अभिनय रहेको छ । यसअघि दुई हिट सिरिजका कारण पनि फिल्मको चर्चा छ । रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी ३’ असोज ३ गते अर्थात् आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ५७ बजे

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

संसारभर मृत्युको कारण बन्दै क्यान्सर

दुःखका साथ भन्नुपर्ने हुन्छ कि अबका केही वर्षमा संसारमा सबै

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको