उपासना भन्छिन् – म सौगात मल्लको ठूलो फ्यान हुँ « Khabarhub

उपासना भन्छिन् – म सौगात मल्लको ठूलो फ्यान हुँ


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जम्मा दुई चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी नायिका उपासना सिंह ठकुरी यतिबेला चलचित्र ‘कबड्डी ३’ को प्रचारमा छिन् । चलचित्रमा उनले अभिनेता दयाहाङ राईसँग स्किृन शेयर गरेकी छिन् । हास्यप्रधान यो चलचित्रको रिलिजअघि राम्रो चर्चा छ ।

सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा उपासनाले आफू अभिनेता सौगात मल्लाको फ्यान भएको बताइन् । साथै उनले सौगात मल्लका सबै फिल्म हेरेको पनि बताइन् ।

‘म सौगात मल्लको एकदमै ठूलो फ्यान हो, ‘कबड्डी ३’ मा काम गर्दा पनि मैले सौगात मल्ल हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधेकी थिएँ,’ उपासनाले भनिन्, ‘मैले उहाँका सबै फिल्म हेरेकी छु ।’

लाखौँ फ्यान कमाएकी उपासनाले आफूले चलचित्र ‘कबड्डी ३’ मा काम गर्न च्यालेन्जिङ भए पनि यो फिल्ममा काम गर्दा धेरै कुरा सिकेको बताइन् । ‘यो फिल्ममा अभिनय गर्दा मैले धेरै कुरा सिक्ने अवसर पाएँ, दयाहाङ राईसँग काम गर्दा अभिभावकत्व पाएँ,’ उनले भनिन् ।

चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, विल्सनविक्रम राई, कर्मा, रिश्मा गुरुङ लगायतका कलाकारको समेत अभिनय रहेको छ । यसअघि दुई हिट सिरिजका कारण पनि फिल्मको चर्चा छ । रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी ३’ असोज ३ गते अर्थात् आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ५७ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले