गगन थापाले लेखे– कमरेड ! अरिङ्गाल प्रवृत्ति छोड्नुहोस्, लोकतन्त्रमा स्वतन्त्र हिंड्न र विचार राख्न पाइन्छ « Khabarhub

गगन थापाले लेखे– कमरेड ! अरिङ्गाल प्रवृत्ति छोड्नुहोस्, लोकतन्त्रमा स्वतन्त्र हिंड्न र विचार राख्न पाइन्छ


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालगन्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान डिले भएको विषयलाई लिएर सामाजिक सञ्जालमा आरोप-पत्यारोपको श्रृंखला चलिरहेको छ ।

मन्त्री भट्टराई पक्षधरहरुले उनको बचाउ गरिरहेका छन् । उनीहरु ज्ञानेन्द्र शाहीमाथि खनिएका छन् भने ज्ञानेन्द्र शाही पक्षधरहरुले मन्त्री भट्टराईको चर्को आलोचना गरिरहेका छन् ।

विमानस्थलमा पर्यटनमन्त्रीमाथि यात्रुले गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि सामाजिक सञ्जाल तातेको हो । आइतबार घटनाका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपाका कार्यकर्ताहरुले ज्ञानेन्द्र शाहीमाथि हात पात भएको शाही पक्षधरको आरोप छ ।

शाहीलाई प्रहरीले पक्राउ गरेपछि घटना झन पेचिलो बन्यो । शाहीलाई प्रहरीले आज दिउँसो छाडिसकेको छ । तर पनि घटना चर्किएकै छ ।यस विषयमा राजनीतिक दलका नेताहरुले समेत प्रतिक्रिया जनाइरहेका छन् ।

यही घटनालाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले लोकतान्त्रिक गणतन्त्र नेपालमा ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउने र आफ्नो विचार राख्न पाउने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–
कमरेड! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो।ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन। आफ्नो विचार राख्न पाउँछन। गल्ति गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन। सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो ‘अरिङगाल प्रवृत्ति’ छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफै परास्त हुन्छन्।

यस विषयमा मन्त्री भट्टराईले आफ्ना कारण यात्रुमाथि भएको असुविधा प्रति माफी समेत मागि सकेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : १९ बजे

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र