शव नेपाल ल्याउन समस्या « Khabarhub

शव नेपाल ल्याउन समस्या


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ ।

गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ ।

साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक बिरामी भई उपचारका क्रममा निधन भएको हो । मृत्यु भएको दुई साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् । दूतावास र कम्पनीका कारण शव बुझ्न समस्या भएको मृतकका ज्वाइँ रामु कार्कीले बताए ।

विगत सात वर्षदेखि उक्त नर्सरी कम्पनीमा कार्यरत कार्की २० महिनाअघि छुट्टिमा घर आएर फर्केको परिवारले जनाएको छ ।

पारिवारिक अवस्था कमजोर रहेका कार्कीको परिवारमा अभिभावक गुमाउनुको पीडा त छँदैछ त्यहीमाथि मृत्यु भएको १३ दिन बित्दासमेत शव ल्याउन नसक्दा पीडित परिवारलाई थप पीडा भएको छोरी विष्णु कार्कीले बताइन ।

साउदीका लागि नेपाली दूतावासले कम्पनीले आधिकारिक पत्र लिएर कम्पनीकै प्रतिनिधि आउनुपर्ने भन्दै शव पठाउन नमानेको परिवारले जनाएको छ ।

‘कम्पनीले हालसम्मको ज्याला तथा शव पठाउने खर्च दूतावासलाई बुझाइसक्दासमेत दूतावासले हालसम्म शव पठाउन कुनै चासो दिएको छैन्’, ज्वाइँ कार्कीले भने, ‘सबैलाई शव नेपाल ल्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।’

मृतकको शव साउदीस्थित एक अस्पतालमा छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा मृत्यु भएका कार्कीका श्रीमतीसहित चार छोरी छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : ५५ बजे

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार