शव नेपाल ल्याउन समस्या « Khabarhub

शव नेपाल ल्याउन समस्या


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ ।

गत असोज १७ गते साउदीमा काम गर्ने क्रममा निधन भएका कार्कीको शव नेपाल ल्याउन समस्या भएको परिवारले जनाएको छ ।

साउदीको सेल अल रेढाइ कम्पनीमा कार्यरत कार्कीको अचानक बिरामी भई उपचारका क्रममा निधन भएको हो । मृत्यु भएको दुई साता बित्दा पनि आफन्तले शव बुझ्न पाएका छैनन् । दूतावास र कम्पनीका कारण शव बुझ्न समस्या भएको मृतकका ज्वाइँ रामु कार्कीले बताए ।

विगत सात वर्षदेखि उक्त नर्सरी कम्पनीमा कार्यरत कार्की २० महिनाअघि छुट्टिमा घर आएर फर्केको परिवारले जनाएको छ ।

पारिवारिक अवस्था कमजोर रहेका कार्कीको परिवारमा अभिभावक गुमाउनुको पीडा त छँदैछ त्यहीमाथि मृत्यु भएको १३ दिन बित्दासमेत शव ल्याउन नसक्दा पीडित परिवारलाई थप पीडा भएको छोरी विष्णु कार्कीले बताइन ।

साउदीका लागि नेपाली दूतावासले कम्पनीले आधिकारिक पत्र लिएर कम्पनीकै प्रतिनिधि आउनुपर्ने भन्दै शव पठाउन नमानेको परिवारले जनाएको छ ।

‘कम्पनीले हालसम्मको ज्याला तथा शव पठाउने खर्च दूतावासलाई बुझाइसक्दासमेत दूतावासले हालसम्म शव पठाउन कुनै चासो दिएको छैन्’, ज्वाइँ कार्कीले भने, ‘सबैलाई शव नेपाल ल्याउन सहयोग गर्न आग्रह गर्न चाहन्छु ।’

मृतकको शव साउदीस्थित एक अस्पतालमा छ । वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा मृत्यु भएका कार्कीका श्रीमतीसहित चार छोरी छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : ५५ बजे

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते