कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्या भए के गर्ने ? (१० टिप्स) « Khabarhub

कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्या भए के गर्ने ? (१० टिप्स)


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभोलि कम्प्युटर चलाउनु मानिसहरुको दैनिकी जस्तै बनिसकेको छ । कार्यालयमा काम गर्ने अधिकांश मानिस कम्प्युटरविना काम पूर्ण गर्न सक्दैनन् ।

कम्प्युटर चलाउँदा बस्ने गलत तरिका, लामो समयसम्म कम्युटरको बसाई लगायत खानपानको गडबडीले मानिसमा ढाड दुख्ने समस्या देखापर्छ । यसरी ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने गर्दछ ।

मांसपेशी, नसा र हाडहरूको जटिल संरचना नै ढाड  भएकाले यसमा समस्या देखा पर्दा शरीरमा ठूलो असर गर्न सक्छ । त्यसैले कम्प्युटरमा बस्दा ढाड दुखेमा निम्न उपायबाट कम गर्न सकिन्छ ।

१. कम्प्युटरमा बस्दा ढाड दुख्ने भएमा शारीरीक काममा विशेष ध्यान दिनुपर्छ ।

२. ढाड दुख्नुमा शारीरिक कमजोरीका साथै भिटामिन डीको कमीले हुनसक्छ, त्यसैले पर्याप्त मात्रामा भिटामिन डी युक्त खानेकुरा खानुपर्छ ।
३. कतिपय अवस्थामा क्याल्सियमको कमीले समेत ढाड दुख्ने हुन्छ, त्यसैले क्यालसियमयुक्त खानामा ध्यान पनि विशेष दिनुपर्छ ।
४. दैनिक बिहान आधा घण्टा घाममा बस्दा समेत ढाड दुखाईबाट राहत मिल्छ ।
५. लसुन र काँचो सूर्यमुखी तेल मिलाएर दुखेको भागमा मालिस गरेमा दुखाईबाट आराम मिल्छ ।
६. एक चम्चा महमा एक ग्राम दालचिनीको धूलो मिसाएर दैनिक २ पटक सेवन गर्नाले पनि ढाड दुखाईबाट आराम मिल्छ ।
७. कतिपय अवस्थामा तातो पानीले सेक्दा पनि ढाड दुखाईको पीडाबाट मुक्ति पाइन्छ ।
८. धेरै ढाड दुखेमा मनतातो पानीमा सीधे नून हालेर नुहाएमा पनि यसले राहत दिन्छ ।
९. ज्वानोलाई तावामा भुटेर चपाएर खानाले पनि ढाड दुख्ने समस्याबाट आराम मिल्छ ।
१०. चिसोमा दुखेको ढाड आगोमा तताएको इटामा कपडामा बेरेर सेकेमा कम हुन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : ०० बजे

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौं–  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर

जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको