सिंगापुर एयरलाइन्सले भर्छ संसारकै लामो उडान ! « Khabarhub

सिंगापुर एयरलाइन्सले भर्छ संसारकै लामो उडान !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निकै छोटो समयमा सम्बन्धित ठाउँमा पुग्न सकिने भएका कारण मानिसहरु हवाई यात्रा गर्छन् । कुनै कुनै ठाउँमा बाध्यताले पनि हवाई यात्रा गर्नुपर्ने हुन्छ ।  मानिसहरु आफ्नो अमुल्य समय खेर फाल्न चाहँदैनन् त्यसैले पनि  विमानको यात्रा गर्ने गर्दछन् । विमानको यात्रा गर्दा कति समय लाग्छ भन्ने कुरा सबैलाई चासको विषय हुन्छ ।

नेपालको सन्दर्भमा आन्तरिक उडान भर्ने विमानले सवैभन्दा लामो दूरीयका यात्रा १–२ घण्टाको दूरीमा तय गर्छन् । अन्तर्राट्रिय उडान हो भने त्यो भन्दा बढी । तर संसारकै लामो उडान कहाँ हुन्छ ? यस विषयमा तपाईलाई थाहा नहुन सक्छ ।

विश्वको सबै भन्दा लामो अवधिको उडान अमेरिकाको नेवार्कदेखि सिंगापुरसम्म लाई मानिन्छ । उक्त उडान सिंगापुर एयरलाइन्सले भर्ने गर्छ ।

यस बिमानको उडान अवधि करिब १८ घण्टा ४५ मिनेटको रहेको छ । यसले अमेरिका न्यू जर्सीको नेवार्क लिबर्टी अन्तरराष्ट्रिय एयरपोर्ट देखि सिंगापुरको चांगी एयरपोर्ट सम्मको यात्रा तय गर्ने गर्छ ।

सिंगापुर एयरलाइन्सले करिब ९,५३४ मिलको दुरी एकै पटकमा तय गर्छ । सिंगापुर एयरलाइन्सको एयरबस ए ३५०–९०० ले उडान भर्ने गरेको छ । यस बिमानको १६५ ,००० लिटरको ईन्धन क्षमता रहेको जनाइन्छ । यस बिमानले आफ्नो पहिलो यात्रा अक्टुबर ११, २०१८ मा तय गरेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : ०० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले