आइओएमका डिनलाई कालोमोसो दल्ने थापा पक्राउ « Khabarhub

आइओएमका डिनलाई कालोमोसो दल्ने थापा पक्राउ


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा विजय थापा पक्राउ परेका छन् ।

थापालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले मंगलबार साँझ पक्राउ गरेको वृत्तका डिएसपी उमेश लम्सालले बताए ।

थापाले आइओएमको डिन अग्रवालमाथी गत भदौं २९ गते कार्यकक्षमै पत्रकार हुँ भन्दै अन्तरवार्ताका लागि समय मागेर कालोमोसो दलेर भागेको आरोप छ । डिएसपी लम्सालका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

थापा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द्र केसीका माग र अनसन विरुद्ध अनसन समेत बसेका व्यक्ति हुन् । चिकित्सा शिक्षा सुधारका लागि भन्दै इलाममा १६ अनसन बसेका डाक्टर गोविन्द केसीको विरुद थापा पनि इलाममै अनसन बसेका थिए ।

पत्रकार हुँ भन्दै भेट्न गएका व्यक्तिले आइओएमका डिनलाई कालोमोसो दले

 

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : ०३ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ