महान बन्ने मूल सूत्र– लगनशिलता « Khabarhub

महान बन्ने मूल सूत्र– लगनशिलता


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महान वैज्ञानिक अल्बर्ट आइस्टाइनसँग एक पटक एक जना युवाले सोधे, सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा गर्छन् । तपाईलाई सबैले महान् भन्छन् । भन्नुस् न आखिर महान् बन्ने शुत्र के हो ?

आइस्टाइनले मुस्कुराउँदै भने ‘यसको मूल सूत्र लगनशिलता हो’ । जब म तिम्रो उमेरको थिए गणितदेखि डराउँथे, जस्तो आज तिमी डराउँछौं । म धेरैजसो समय गणितमा फेल हुन्थें । मैले सजाय पाउँथे । मेरा साथीहरु मलाई जितेर अघि बढ्थें । उनीहरु मेरो मजाक उडाउथे । म मन मारेर बस्थें ।

एकदिन मैले सोचे आखिर म मा कुनै कमी त छैन । फेरि पनि म किन गणित देखि डराउने गर्छु ? बस, त्यो दिनदेखि नै मैले गणितका प्रश्नहरु समाधानका लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भए । साथीहरुले खिल्ली उडाउन छोडेनन् तै पनि म मा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्छु । र यही लगनशिलताले मलाई आज यहाँसम्म पुर्‍यायो ।

लगनशिलता नै सफलताका सूत्र हो, गुरुमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १२ : ०६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का