क्यान अध्यक्षको बलिङमा राखेप सदस्यसचिवले व्याटिङ गर्दै वुमन्स च्याम्पियनसिप शुरु « Khabarhub

क्यान अध्यक्षको बलिङमा राखेप सदस्यसचिवले व्याटिङ गर्दै वुमन्स च्याम्पियनसिप शुरु


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक वुमन्स च्याम्पियनसिप शुरु भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ (क्यानका) अध्यक्ष चतुरबहादुर चन्दको बलिङमा राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेश कुमार सिलवालले ब्याटिङ गर्दै लिगको उद्घाटन गरेका थिए ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागी छन् ।

प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा २९ गते काठमाडौं क्विन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । लिग चरणको उद्घाटन हुने दिन बाहेक अन्य दिन २–२ वटा खेल हुनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

महिला टि–२० क्रिकेट लिगको विजेता टोलीले ७ लाख पाउने छन् ।

आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टको आयोजनामा असोज २९ गतेदेखि कात्तिक ७ गतेसम्म आयोजनक हुने वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको विजेताको ७ लाख पाउँदा उपविजेताले ३ लाख पाउनेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १२ : ५० बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली