बढैयाताल-२ : बालबिवाह मुक्त वडा घोषणा « Khabarhub

बढैयाताल-२ : बालबिवाह मुक्त वडा घोषणा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बढैयाताल गाउँपालिकाको २ नं. वडा बर्दिया जिल्लाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको छ।

एक कार्यक्रमकाबीच बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले वडा नम्बर २ लाई बालबिवाह मुक्त घोषणा गरे ।

अध्यक्ष श्रेष्ठले अन्य केही वडालाई पनि अबको केही महिना भित्र बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको बताउँदै दुई वर्ष भित्र बढैयाताल गाउँपालिकालाई पूर्णरुपमा बालबिवाह मुक्त गरिसक्ने प्रतिबद्धता जनाए ।

वालविवाह मुक्त गाउँपालिका बनाउनका लागि भौतिक पुर्वाधारसँगै सामाजिक क्षेत्र विकासलाई पनि प्रमुख प्राथमिकतामा राखेर योजना बनाइएको र गाउँपालिकाको ८१ करोड बजेट मध्ये शिक्षा क्षेत्रमा मात्रै २१ करोड बजेट छुटयाइएको अध्यक्ष श्रेष्ठले दावी छ ।

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार ‘विहावारी २० बर्ष पारी’ नारा दिदै नेपालले सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त देश बनाई सक्ने घोषणा गरेको छ ।

बढैयाताल गाउँपालिकाले तीन वर्ष अधिदेखि आवाज संस्थासंग सहकार्य गर्दै बालबिवाह मुक्त क्षेत्र घोषणा गर्न बिद्यालय र समुदायमा बिभिन्न कार्यक्रम गरिरहेको छ ।

नेपालको संविधान र बालबालिका सम्बनधी ऐन २०७५ले बालबालिकाको हकमा वालविवाहलाई निषेध गरिसकेको र यसको उन्मुलनको लागि सरकारले अभियान पनि शुरु गरिसकेकाले सरकारको अभियानलाई पुर्णता दिन सहजिकरणको भुमिकामा आवाज संस्थाले काम गरिरहेको उक्त संस्थाका परियोजना संयोजक चेतन गिरीले बताए ।

पालिकासँगको समन्वय र सहकार्यमा पाँच वर्षे रणनितिक योजना बनाएर काम गरिरहेको र अवको दुई वर्षमा बढैयाताल गाउँपालिका पुर्ण रुपमा बालविवाह मुक्त हुने विश्वास ब्यक्त गरे । दुई बर्षअघि सो वडामा गरिएको सर्वेक्षणमा १३ देखी १८ बर्ष उमेर समूहका ९५ प्रतिशतले वालविवाह गरेको तथ्यांक छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : १६ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु