चीनबाट आयो मेसिन रिडेवल तास, डिभाइससहित एकजना पक्राउ | Khabarhub Khabarhub

चीनबाट आयो मेसिन रिडेवल तास, डिभाइससहित एकजना पक्राउ


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रहरीले तासको पत्ति चिन्ने ‘सेन्सर’जडित मेसिन रिडेवल जुवा सामग्रीसहित एकजनालाई पक्राउ गरेको छ ।

चीनबाट आयातित तासमा सेन्सरले सजिलै चिन्नसक्ने र जुवाडेले सजिलै जित्नसक्ने सामग्रीसहित एकजनालाई पक्राउ गरेको हो ।

अत्याधुनिक प्रविधियुक्त यो तास खेल्ने बेलामा जुवाडेले आ–आफ्नो मोबाइलमा ‘डिभाइस’ जडान गरी तास खेल्न सक्ने कालीमाटी वृत्तका प्रहरी नायव उपरिक्षक रुगम कुँवरले जानकारी दिएका छन् ।

उनका अनुसार मेसिन रिडेवल तासको पत्तिमा खेलाडीको संख्या ‘रिमोट’मा ‘फिक्स’ गरेपछि तास बाँडिने र बाँडिएको तासमा कुन खेलाडीले जित्छ भन्ने कुरा कानमा, आँखाको लेन्समा, कपडा, चस्मा, घडी, पर्समा जडान गरिएको डिभाइसले पत्ता लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

सर्लाही बरहथवाका निरबहादुर कार्कीले चीनबाट ल्याएको मेसिन रिडेवल तास काठमाडौंको स्यूचाटारबाट बरामद गरिएको हो ।

उनको साथबाट ताससँगै ३२ ओटा उपकरण पनि प्रहरीले बरामद गरेको छ । जसको मूल्य झन्डै ५० लाख रुपैयाँ बराबरको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : ३० बजे

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको उपचारका क्रममा काठमाडौंमा

ओली र सी जिनपिङबीचको भेटवार्तामा के भयो छलफल ?

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी

राजेन्द्र लिङ्देन भन्छन् : ८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी

दासप्रथाका अवशेष अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको छ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दासप्रथाको पूर्ण