सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहनुभएका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशाङ्क’ बीच भएको भेटवार्तामा दुवै देशको शिक्षा नीति, योग तथा आयुर्वेद शिक्षा र विद्यार्थीका समस्याबारे अनुभव आदानप्रदान हुनाका साथै छिमेकी भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भूमि लिपुलेकलाई समावेश गरेको विषयमा समेत छलफल भएको हो ।

शिक्षामन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानका अनुसार मन्त्री पोखरेलले सीमा विवाद समाधान गरेर दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउन आग्रह गरेका थिए ।

मन्त्री पोखरेलले भेटका क्रममा गुणस्तरीय शिक्षालाई उचाइमा पुर्‍याउन दुई देशले आपसी सम्बन्ध थप सुदृढ तुल्याउनुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा भारतीय मन्त्रीले मन्त्री पोखरेललाई भारत भ्रमणको निम्तो दिएका थिए । भेटमा शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ०७ बजे

स्पेनिस ला लिगा : बार्सिलोना र रायो भालेकानोले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन

सशस्त्रको बीओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १० स्थित सशस्त्र प्रहरी बल नेपालको

स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान

रामेछाप– रोछापको रामेछाप नगरपालिका–८ बावियाखर्कस्थित सहरी स्वास्थ्य केन्द्रका लागि लिलानाथ

पशुमा कृत्रिम गर्भाधान बढ्दो

बागलुङ– पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका