हङकङविरुद्ध शरदको अर्धशतक पूरा « Khabarhub

हङकङविरुद्ध शरदको अर्धशतक पूरा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा हङकङविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात पाएपनि शरदले ९२ बलमा अर्धशतक पूरा गर्दै इनिङ सम्हालेका छन् । उनले यसक्रममा ५ चौका प्रहार गरेका छन् । एक समय तेस्रो ओभरमा ३-२ को दयनीय अवस्थामा रहेको नेपाललाई शरद र दीपेन्द्रसिंह ऐरीको तेस्रो विकेटको साझेदारीले उकासेको थियो । नेपालले दुवै ओपनरलाई विपक्षी कप्तान एजाज खानको बलिङमा गुमाएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा एजाजकै हातबाट क्याचआउट हुन पुगेका थिए । लगातार दोस्रो खेलमा दोस्रो बलमा आउट भएका ज्ञानेन्द्रले यस खेलमा पनि खाता खोल्न सकेनन् । उनी यसअघि भारतविरुद्ध पनि दोस्रो बलमा बोल्ड भएका थिए । एजाजको दोस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल बोल्ड भए । त्यसपछि दीपेन्द्र र शरदले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेका थिए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र शरदले ८३ रनको साझेदारी गरे । दिपेन्द्रले ६७ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोडे । उनी २३ औं ओभरको पाँचौ बलमा अफताब होसेनको बलमा स्टम्पिङ आउट भएका थिए । दीपेन्द्र ब्याटिङ गर्ने क्रममा केहि अगाडी बढ्द अफताबले वाइड बल फ्याँकेपछि विकेटकिपर शहिद वासिफले उनलाई स्टम्पिङ आउट गरेका थिए ।

क्रिजमा अहिले आरिफ शेख र शरद भेषावकर खेलिरहेका छन् । खेलको ३५ ओभर सकिंदा नेपालले ३ विकेटको क्षतिमा १ सय ३६ रन जोडेको छ । शरद ५७ रनमा छन् भने आरिफले २६ रन जोडेका छन् । यी दुईले चौथो विकेटका लागि ५० रनको साझेदारी पूरा गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ०८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको