हात्तीको आक्रमणबाट दुईको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट दुईको मृत्यु


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो ।

मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् ।

दुवै जना लु३१प २९११ नंको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो । हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।

घटना आज बिहान साढे ७ बजेको समयमा भएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ५२ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६