श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ ? यस्ता छन् ७ फाइदा « Khabarhub

श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ ? यस्ता छन् ७ फाइदा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ स–साना कुरामा पनि श्रीमान्–श्रीमतीबीच झगडा हुने गर्दछ ।

कतिपय मानिस यस्तो झगडाले सम्बन्ध टुटाउने दाबी गर्छन् । तर यसमा सत्यता छैन । बरु श्रीमान्–श्रीमती बीचको झगडाले दुवैबीच माया बढाउँछ । आत्मियतासमेत बनाउँछ । तर झगडाको दौरानमा हातपात गर्ने, चिच्याउने वा गालीगलौज गर्नेहरु यस दर्जामा पर्दैनन् ।

दुई पार्टनरबीच हुने सामान्य झगडाले जोडीलाई एकअर्काको भावना र मान्यता बुझ्न मद्दत गर्छ । त्यसैले सातामा एकपटकसम्म हुने झगडाले श्रीमान्–श्रीमतीको सम्बन्ध स्वस्थ र लामो समयसम्म टिक्छ भन्ने प्रष्ट्याउँछ । श्रीमान्–श्रीमतीबीच हुने झगडाका फाइदाहरु निम्न छन् :

१. यदि श्रीमान्–श्रीमतीबीच सामान्य झगडा हुन्छ भने पक्कै पनि त्यो सम्बन्ध लामो समय टिक्ने हुनेछ । यस्तो झगडामा मनमा रहेका कुराहरु खोतलिन्छ र पार्टनरलाई चित्त दुखाईको कारण बुझ्न सहज हुन्छ ।

२. कसैलाई आफ्नो पार्टनरको कुनै बानी मन पर्दैन भने त्यसलाई त्यतिकै छाड्नुभन्दा भनेर त्यसको समाधान गर्नु उत्तम हुन्छ । जसका लागि सामान्य झगडाले पनि दुबै बीचको नराम्रो बानी बाहिर आउँछ र सुधार्ने मौका मिल्छ ।

३. श्रीमान्–श्रीमतीबीच झगडा हुनुको अर्थ हो, दुबै एकअर्काप्रति बफादार छन् । उनीहरुको प्रेममा कुनै स्वार्थ छैन । स्वार्थ छ त केवल लडेर भए पनि सँगै बस्ने । त्यसैले श्रीमान्–श्रीमतीबीचको झगडा आमाबुवा वा दाजुभाइ दिदीबहिनीसँग गरिने झगडा जस्तै सम्झिनुपर्छ ।

३. कतिपय समयमा केही कारणले बोलचाल बन्द भएमा श्रीमान्–श्रीमतीबीच हुने झगडाले सबन्धमा नजिकपना ल्याउँछ । झगडाको कारणले नै बोलचाल खुल्दछ र दुबैबीच पुनः पुरानो सम्बन्ध फर्किन्छ । यसले दुई पार्टनरबीच अपनत्व र विश्वाससमेत बढाउँछ ।

४. वैज्ञानिकका अनुसार स्वस्थ सम्बन्धको एक कारक बहस वा झगडा पनि हो । त्यसैले झगडा हुँदैमा दुई बीचको सम्बन्ध खराब छ भन्न मिल्दैन । बरु कहिल्यै झगडा वा विवाद नगर्ने जोडीको सम्बन्ध धरापमा पर्ने गर्दछ ।

५. श्रीमान्–श्रीमती बीच हुने झगडामा कोही स्थायी शत्रु हुँदैनन् । त्यसैले यसमा हुने जीत वा हारले ठूलो महत्व राख्दैन । बरु झगडाका क्रममा माफी माग्ने पार्टनरले जीत हासिल गर्दछन् किनकी यसले उसको पार्टनरमा खुसी तुल्याउँछ ।

६. श्रीमान्–श्रीमती बीच हुने झगडाले मानिस आफ्नो पार्टनरप्रति कति बफदार वा केयर गर्छ भन्ने थाहा पाउन सकिन्छ । यसमा पार्टनरले हातपात गर्छ कि, गालीगलौज गर्छ त्यसबारे समेत जानकारी पाउन सकिन्छ । यो स्थितिले आफ्नो पार्टनर कतिको सही छ, त्यसको मुल्याङ्कन गर्नेसमेत अवसर मिल्छ ।

७. कुनै पनि सम्बन्धमा सहज वातावरण हुँदैन । यसमा निजी विचारले प्रवेश पाउँछ । तर निजी विचार जबरजस्ती थोपर्नु हुँदैन । केही महत्वपूर्ण कुरा छ भने पार्टनरलाई त्यसबारे जानकारी गराउनु पर्छ । यस्तोमा हुने झगडाले कहिलेकाही एकअर्कालाई नै फाइदा पुर्‍याउँछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १ : ०१ बजे

इ-कमर्स व्यवसायलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी : पोर्टलमा सूचीकरण अनिवार्य

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय माध्यमबाट हुने व्यापारलाई

लिङ्देनको गुनासो : चुनावअघि नै राजासहितको नयाँ समझदारी गरौँ भन्दा कसैले सुनेनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ

मतदान गर्नुअघि देश जलाउने र बनाउनेलाई चिनौँ : महेश बस्नेत

भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले मध्यपुरथिमि क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटकको

गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय  र समाचार बुलेटिन