कीर्तिपुरमा सचिनका समर्थकले गरे नाराबाजी « Khabarhub

कीर्तिपुरमा सचिनका समर्थकले गरे नाराबाजी


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरका समर्थकले उनको स्वागतमा नाराबाजी गरेका छन् ।

शनिबार बालअधिकारका लागि आयोजना गरिएको मैत्रिपूर्ण क्रिकेट खेल्न कीर्तिपुर पुगेका उनलाई नेपाली समर्थकले स्वागतसहित नाराबाजी गरेका हुन् ।

खेल सकेर फर्कनेक्रममा उनी सवार गाडी रोकेर ‘सचिन सचिन’ भन्दै नाराबाजी गरेका थिए ।

क्रिकेटर सचिन बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा आयोजित लागेको मैत्रीपूर्ण क्रिकेट खेल्ने नेपाल आएका हुन् । उनी
उनी युनिसेफको सद्भावना दूतको हैसियतमा नेपालका बालबालिकासँग क्रिकेट खेल्न आएका हुन् ।

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान विनोद दाससँग सचिनको टोलीले १० ओभरको खेल खेलेको थियो ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १ : ३९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको