संसारकै महंगो घडी, मूल्यमात्र ३ अर्ब ५८ करोड रुपैयाँ « Khabarhub

संसारकै महंगो घडी, मूल्यमात्र ३ अर्ब ५८ करोड रुपैयाँ


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा घडीको शौख हुन्छ । घडीले समयबारे सही जानकारी दिने मात्र होइन, ब्यक्तित्व विकासमा पनि मद्दत गर्छ ।

अझ लग्जरी ब्राण्डका घडीले त धेरै मानिसलाई आर्कषित समेत गर्दछ । यस्ता लग्जरी ब्राण्डका घडीका मूल्य निकै महंगो पर्ने गर्दछ । लग्जरी ब्राण्डका एउटै घडीको मूल्य, हजारौँ, लाखौँसम्म पर्छ । तर एउटा घडीको मात्रै मूल्य ३ अर्ब ५८ करोड पर्‍योभन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ ।

जेनेभामा शनिबार स्विस लक्जरी ब्राण्डको पतेक फिलिपद्वारा लिलामीमा राखिएको एउटा घडीको मूल्य ३१ मिलियन डलरभन्दा बढी परेको हो ।

जसको नेपाली मूल्य ३ अर्ब ५८ करोड ८ हजार ८ सय हुन्छ । लिलामीमा राखिएको ग्राण्डमास्टर शाइम ६३००ए–०१० घडीलाई अहिलेसम्म नाडीमा लगाइएको छैन ।

स्टेनलेस स्टीलद्वारा निर्मित उक्त घडीको एक मात्र संस्करण रहेको छ । जसको अर्लाम उपडायलका लागि विशेष शिलालेख मानिएको छ । कालो र गुलाबी सुन र १८ क्यारेटको सोलिड गोल्ड डायलको प्लेट्स छ । जसमा हातद्वारा सिलाइएको गोहीको छालाबाट ब्याण्ड बनाइएको छ ।

उक्त घडी लिलामी गर्नुको उद्देश्य डचेने मस्क्यूलर डिस्ट्राफी नामक बिमारीको अनुसन्धानका लागि खर्च गर्ने रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र