श्रीलंकामा शनिवार नयाँ राष्ट्रपतिको चुनाव « Khabarhub

श्रीलंकामा शनिवार नयाँ राष्ट्रपतिको चुनाव


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलङ्कामा २५० जनाभन्दा बढी मानिसको मृत्यु भएको आतङ्कवादी हमलाको सात महिनापछि शनिवार नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेको छ ।

निर्वाचनमा ३५ जना उम्मेदवारहरू रहेको चुनाव सन् २००९ मा दशकौँ लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो ।

प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी छैनन् । इसाई धर्मको इस्टर पर्वका बेला भएका हमलापछि सिरिसेनाको तीव्र आलोचना भएको थियो जसका कारण उनले यो चुनावमा उठेनन् ।

राष्ट्रपतिका धेरै उम्मेदवार भएका कारण सबैको नाम समेट्न मतपत्र दुईपटक पट्याउनुपर्ने लामो रहेको बीबीसीले जनाएको छ ।

तर यस निर्वाचनमा स्पष्टरूपमा दुईजना अग्रणी उम्मेदवारहरू छन् । गोटाबाया राजापाक्ष र सजिथ प्रेमादसा श्रीलङ्का निर्वाचनमा अग्रणी उम्मेदवारका रूपमा छन्

तीमध्ये एकजना दाजु महिन्दा राजापाक्षको कार्यकालमा एकदशक रक्षामन्त्री हुँदा मानवअधिकार हननको आरोपहरू खेपेका गोटाबाया राजापाक्ष हुन् ।

उनीमाथि सन् २००५ देखि १० वर्ष शक्तिमा रहँदा हजारौँ मानिसहरू बेपत्ता पारिएको आरोप लाग्ने गरेको छ।

तर गृहयुद्ध अन्त्य गर्नमा आफ्नो योगदान रहेको भन्ने उनको इस्टर हमलापछि आत्मबल उच्च छ।

अर्का अग्रणी प्रतिस्पर्धी सजिथ प्रेमादसाले चुनावी अभियानमा आफूले जितेमा तमिल टाइगर्सहरूलाई हराउने सेनाप्रमुख शरथ फोन्सेकालाई सुरक्षा प्रमुख बनाउने बताएका छन्। यद्यपि प्रेमादसाले सामाजिक मुद्दाका रूपमा गरिबी निवारण र गुणस्तरीय घर निर्माणका निरन्तर उठाउँदै आएका छन्।

हालका बसोबासमन्त्री उनी सन् १९९३ मा तमिल टाइगर्सबाट मारिएका तत्कालीन राष्ट्रपति रनासिङ्घे प्रेमादसाका छोरा हुन्।

मैत्रीपाल सिरिसेनाले एउटा अपत्यारिलो जितमार्फत् महिन्द्रा राजापाक्षलाई सन् २०१५ मा शक्तिबाट हटाइदिएका थिए । तर उनले कुनै कारण नखुलाइ दोस्रोपटक उम्मेदवारी नदिने निर्णय गरे।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  २ : ३६ बजे

हर्कको पार्टीमा खैलाबैला : धरानको मेयर बनाउँछु भनेर धोका दिएको गुनासो, केन्द्रीय सदस्यसहित पाँचजनाको राजीनामा

काठमाडौं- आगामी निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारीलाई लिएर विवाद

दिल्लीको होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा रहेको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा

रविलाई भेटेपछि मोदीले लेखे : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौँ

काठमाडौं- पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

रविले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र

ओलीले प्रधानमन्त्री बालेनलाई भने- नेपाल तपाईंको घरको सम्पत्ति होइन

काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले