डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग « Khabarhub

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष अनुसन्धानको माग गरेको छ । गत कात्तिक १ गते साँझ कावासोती नगरपालिका–१६ डण्डास्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्थानीय ४२ वर्षीय राजु केसीको मृत्यु भएको थियो ।

हरियाली सामुदायिक वनबाट डण्डातर्फ आउँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ग १ च ६७०४ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनापछि फरार रहेका कार चालक कावासोती–१६ निवासी ६२ वर्षीय मिनबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारका अनुसार मृतक केसी र पक्राउ परेका कार चालक क्षेत्री साथी थिए ।

घटनाको दिन दशैंका अवसरमा केसी आफन्तको घरमा खसी काट्ने तथा भेटघाट गर्ने कार्यक्रममा सहभागी थिए। सोही क्रममा साथीहरूबाट फोन आएपछि उनी हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय पुगेका थिए। परिवारका अनुसार त्यहाँ क्षेत्रीसहित आठ जनाको समूहले सामुदायिक वनको जंगलमा खसी काटेर खानपान गरेको थियो।

उक्त भेटघाटमा को–को सहभागी थिए, उनीहरूबीच के कुराकानी भएको थियो र त्यसको दुर्घटनासँग कुनै सम्बन्ध थियो वा थिएन भन्ने विषयमा अनुसन्धान हुनुपर्ने परिवारको माग छ। परिवारले उपलब्ध गराएको भनिएको सीसीटीभी फुटेजमा उक्त स्थानबाट क्षेत्रीले चलाएको कार, अर्को स्कर्पियो र केसी सवार मोटरसाइकल सँगै निस्किएको देखिने बताइएको छ। पीडित परिवारका अनुसार सीसीटीभी फुटेजमा केसीको मोटरसाइकल अगाडि बढिरहेका बेला पछाडिबाट आएको कारले गति बढाएर ठक्कर दिएको दाबी गरिएको छ ।

ठक्करपछि कार नरोकिएको र चालक घटनास्थलबाट फरार भएको घटनाक्रमले शंका उत्पन्न गरेको परिवारको भनाइ छ। दुर्घटनाका बेला कारको पछाडि रहेको स्कर्पियो गाडीको भूमिकाबारे पनि परिवारले प्रश्न उठाएको छ । परिवारका अनुसार स्कर्पियोमा रहेका व्यक्तिले दुर्घटना देखे पनि तत्काल उद्धारमा संलग्न नभई घटनास्थल छाडेको परिवारको आरोप छ ।

त्यस्तै, केसीलाई फोन गरेर बोलाउने, भेटघाटमा सहभागी हुने र घटनाअघि उनीसँगै रहेका व्यक्तिहरूसँग पनि आवश्यक सोधपुछ गर्न परिवारले माग गरेको छ। दुर्घटनाको पाँच दिन बितिसक्दासमेत केसीको शवको पोस्टमार्टम तथा अन्त्येष्टि हुन सकेको छैन । परिवारले घटनालाई सामान्य सवारी दुर्घटनाका रूपमा मात्रै नहेरी दुर्घटनाको प्रकृति र घटनापछिका गतिविधिलाई समेत समेटेर निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।

दुर्घटना हुनुअघि मृतकसँगसँगै गाडीमा निस्किएका व्यक्तिहरुमाथि प्रहरीले कुनै सोधबुझ नगरेको परिवारको गुनासो छ । यता प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरिक्षक मोहन कुमार खड्काले कार चालक क्षेत्रीलाई पक्राउ गरी सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ६ : २१ बजे

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य