महिनावारी भएको बेला गर्भ रहन्छ ? यस्ता छन् भ्रम र यथार्थ « Khabarhub

महिनावारी भएको बेला गर्भ रहन्छ ? यस्ता छन् भ्रम र यथार्थ


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै व्यक्तिमा शारीरिक सम्पर्कपछि कस्तो अवस्थामा गर्भ रहन्छ वा रहन्न भन्नेबारे जानकारी नहुन सक्छ ।

केहीले महिनावारी भएलगत्तै शारीरिक सम्पर्क हुँदा गर्भ नरहने बताउँछन् भने केहीले पहिलो यौन सम्पर्कमा गर्भ बस्दैन भन्छन् । तर यसमा के कति सत्यता छ ? गर्भ सम्बन्धिको सात तथ्य यस्ता छन् । जसमा कति यथार्थ छ वा कति भ्रम ।

भ्रम र यर्थाथ :

१) महिनावारी भएको बेला शारीरिक सम्बन्ध राख्दा गर्भ रहँदैन भन्नु भ्रम हो । किन की शुक्राणु सात दिनसम्म पनि सक्रिय हुन्छन् । जसका कारण न्यून भएपनि गर्भ रहने सम्भावना रहन्छ ।

२) प्रथम पटक शारीरिक सम्बन्ध राख्दा गर्भ रहँदैन भन्नु पनि भ्रम मात्र हो ।

३) महिनावारी नहुँदै शारीरिक सम्पर्क राख्दा गर्भ रहँदैन भन्नु पनि भ्रम हो, किन की महिनावारी हुनका लागि यदि पहिलो अण्ड सक्रिय भएको छ भने गर्भ रहन सक्छ ।

४. शारीरिक सम्बन्ध भएपछि तत्काल नुहाउँदा गर्भ रहँदैन भन्नु पनि भ्रम हो । नुहाउनु र गर्भको कुनै सम्बन्ध हुँदैन ।

५. शारीरिक सम्पर्क भए लगतै पिसाब फेर्दा गर्भ रहँदैन भन्नु पनि गलत हुन्छ । पिसाब आउने र शुक्राणु रहने भाग योनीमा अलग–अलग हुन्छ ।

६) शारीरिक सम्पर्क भएपछि केहीबेर उभिदा, हिँड्दा वा टुक्क्रुक्क बस्दा पनि गर्भ रहँदैन भन्नु भ्रम हो । यस्तो अवस्थामा शुक्राणु योनी बाहिर आएपनि सबै शुक्राणु निस्कने सम्भावना अति नै न्यून हुन्छ ।

७) पानीमा यौन गर्दा वा यौन सम्पर्कपछि पानीमा बस्दा पनि गर्भ रहँदैन भन्नु भ्रम हो । अण्ड र शुक्राणुको सम्पर्क भएपछि गर्भ रहन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : २६ बजे

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाडौं– नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा

नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’

काठमाडौं– बलात्कार आरोप लागेपछि  कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र पाँच

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री