सागको काउन्ट डाउन शुरु, ५० स्वर्ण जित्ने नेपालको लक्ष्य « Khabarhub

सागको काउन्ट डाउन शुरु, ५० स्वर्ण जित्ने नेपालको लक्ष्य


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु भएको छ ।

नेपालमा आयोजना हुने १३ औं साग आयोजक मूल समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सागको काउन्ट डाउन शुरु भएको घोषणा गरेको हो ।

साग सुरु हुन १५ दिन बाँकी रहदा काउन्ट डाउन सुरू गरिएको हो ।

कार्यकममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले सागको वेभ साईटको उद्घाटन गरे । सागका सहभागी देशको पहिचान झल्काउने शहरहरुको भिडियो सहित सागको प्रोमो पनि सार्वजनिक गरिएको छ ।

सागमा ३२५२ खेलाडीले ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

स्वर्ण, रजत र कास्यगरि जम्मा ११३२ पदक सागमा रहेका छन् । सहभागी देशमध्य नेपालले सबैभ्दा धेरै ६४८ खेलाडी रहेका छन् भने श्रीलंकाले ६१२ खेलाडीलाई सागमा सहभागी गराउने छ भने बंगलादेशले ५९१ खेलाडी मैदान उतार्नेछ ।

यस्तै भारतले ५२१ खेलाडी, पाकिस्तानले ४१३, माल्दिभ्स ३३२ र भुटाने १३२ खेलाडीलाई मैदान उतार्नेछ ।

नेपाल २७ खेल, श्रीलंका र बंगलादेशले समान २५-२५ खेल, भारतले २०, पाकिस्तानले १८, भुटानले १४ र माल्दिभ्स सबैभन्दा कम १० खेलमा सहभागी हुनेछ । नेपालले ५० स्वर्ण जित्ने राखेको राखेपले जनाएको छ । यसअघि ८ औ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : ४२ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत