सागको काउन्ट डाउन शुरु, ५० स्वर्ण जित्ने नेपालको लक्ष्य « Khabarhub

सागको काउन्ट डाउन शुरु, ५० स्वर्ण जित्ने नेपालको लक्ष्य


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को काउन्ट डाउन सुरु भएको छ ।

नेपालमा आयोजना हुने १३ औं साग आयोजक मूल समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सागको काउन्ट डाउन शुरु भएको घोषणा गरेको हो ।

साग सुरु हुन १५ दिन बाँकी रहदा काउन्ट डाउन सुरू गरिएको हो ।

कार्यकममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले सागको वेभ साईटको उद्घाटन गरे । सागका सहभागी देशको पहिचान झल्काउने शहरहरुको भिडियो सहित सागको प्रोमो पनि सार्वजनिक गरिएको छ ।

सागमा ३२५२ खेलाडीले ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

स्वर्ण, रजत र कास्यगरि जम्मा ११३२ पदक सागमा रहेका छन् । सहभागी देशमध्य नेपालले सबैभ्दा धेरै ६४८ खेलाडी रहेका छन् भने श्रीलंकाले ६१२ खेलाडीलाई सागमा सहभागी गराउने छ भने बंगलादेशले ५९१ खेलाडी मैदान उतार्नेछ ।

यस्तै भारतले ५२१ खेलाडी, पाकिस्तानले ४१३, माल्दिभ्स ३३२ र भुटाने १३२ खेलाडीलाई मैदान उतार्नेछ ।

नेपाल २७ खेल, श्रीलंका र बंगलादेशले समान २५-२५ खेल, भारतले २०, पाकिस्तानले १८, भुटानले १४ र माल्दिभ्स सबैभन्दा कम १० खेलमा सहभागी हुनेछ । नेपालले ५० स्वर्ण जित्ने राखेको राखेपले जनाएको छ । यसअघि ८ औ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

१३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा हुनेछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : ४२ बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो