चिलीमा जनमत संग्रह हुने, एक महिनादेखिको आन्दोलन रोकियो « Khabarhub

चिलीमा जनमत संग्रह हुने, एक महिनादेखिको आन्दोलन रोकियो


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिलीमा नयाँ संविधान निर्माणका लागि जनमत संग्रह हुने भएको छ ।

चिलीमा नयाँ संविधान र यसमार्फत राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहूँजसो प्रदर्शन गरिरहेका छन् ।

उनीहरुको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमत संग्रह गर्ने घोषणा गरेको हो ।

यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको हो ।

चिलीका पूर्व शासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमत संग्रहको माग प्रदर्शनकारीहरुले गरिरहेका छन् ।

यहाँको संविधान तथा सरकारले नागरिकका आधारभूत अधिकारहरु जस्तो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न नसकेको भन्दै दशौँ हजार नागरिकले प्रदर्शन जारी राखेका थिए ।

शुक्रबार आन्दोलनकारी र सरकारका तर्फबाट प्रतिनिधिहरुले वार्ता गरेका थिए । त्यस वार्ताका क्रममा उनीहरुले यो संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमत संग्रह गर्ने विषयमा सहमत भएका बताइएको हो ।

सरकारको वार्ता टोली र विपक्षी दलहरुका प्रतिनिधिहरुबीच शुक्रबार भएको लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमत संग्रह गर्ने विषयमा सहमति भएको समाचारमा जनाइएको छ ।

चिलीका गृहमन्त्री गोन्जालो बुमलले यो सहमति ऐतिहासिक भएको बताए । उनले यस सहमति बमोजिम चिलीमा नयाँ जनमत संग्रह हुनेछ र यसले पुरानो संविधानलाई नै जारी राख्ने कि अर्को संविधान तयार पार्ने भन्ने बारेमा निर्णय दिने बताए ।

यसका साथै आगामी संविधानमा नागरिकका के कस्ता आधारभूत आवश्यकताका विषयहरु राख्ने भन्ने बारेमा पनि आगामी जनमत संग्रहले निर्णय गर्ने भएकोले प्रदर्शनकारीहरुले आफ्ना विरोध प्रदर्शनहरुलाई शुक्रबारदेखि नै स्थगित गरेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : ०९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको