कविता– दिन्न खुसी धनले « Khabarhub

कविता– दिन्न खुसी धनले


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुवात सबैको एउटै र गन्तव्य पनि एक
लानुछैन साथमा केही तरपनि लोभ अनेक ।।

जन्मियौं रितै नाङ्गै केवल प्राण साथमा बोकेर
सर्वश्रेष्ठ प्राणी मानवको नाम माथमा ।।

न पहिलो हुने ईर्ष्या थियो न त अन्तिम हुने त्रास नै
न कसैलाई दिनुपर्ला भन्ने लोभ थियो न पाउने आस नै ।।

पाठशालाले सिकायो अघि बढ्न अरुलाई जित्न सक्नुपर्छ
आफ्नो बलले माथि जान नसके अरुलाई थिच्न सक्नुपर्छ ।।

साथीभाई भन्छन् मलाई राम्रो गर अरुलाई घात गरे हुन्छ,
यो दुनियाँ साह्रै स्वार्थी छ तिमी मेरो चैं भर परे हुन्छ ।।

भागदौड छ सबैको मान दौलत र धनको लागि फुर्सद छैन
कसैलाई सोच्न आफ्नै जीवनकोलागि ।।

तछाडमछाड चल्छ जित्न बैरी बन्छन
आफ्नै मित्र जति जोडेपनि धन, शान्ति छैन मनभित्र ।।

आफ्नासँग दुरि बढ्छ, पैसा मात्र हुन्छ साथ
आफुमात्र सहि देख्छ जब सम्पत्तिको चढ्छ मात ।।

अन्धो हुने रैछ मान्छे धनको रासको
रापले कतिञ्जेल पो चल्छ जीवन वाहिरको तापले ।।

उमेर ढल्दै गएपछि दिन्न खुसि धनले
जब आफन्त र साथीभाइ सम्झन्छ यो मनले आयो रित्तै, जाने रित्तै ।

बित्यो जीवन भागीभागी जीवनभरी खिचातानी
यो दौड आखिर के का लागि ।।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : ४० बजे

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल,