म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प « Khabarhub

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको मृत्यु नहोस् भन्ने चाहेको बताएका छन्।

उनले मोज्तबा जीवित छन् कि छैनन् भन्ने पनि थाहा नभएको बताएका छन्।

फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानमा शासन परिवर्तन सम्भव छ र यस सम्बन्धमा विशिष्ट व्यक्तिसँग छलफल भइरहेको छ।’

यस्तै उनले अमेरिकाले इरानमा नयाँ राजनीतिक प्रणालीको विकल्पमा काम गरिरहेको दाबी पनि गरे।

ट्रम्पले भने, ‘भेनेजुएलाजस्तै नयाँ नेता ल्याउन सकिन्छ वा अमेरिकासँग संयुक्त नेतृत्व मोडेल अपनाउन पनि सकिन्छ।’

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ।

यसबिच इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी पनि मारिइसकेका छन्।

अमेरिका-इजरायलको आक्रमणबाट इरानमा अहिलेसम्म ३ हजारभन्दा बढी जनाको मृत्यु भइसकेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले जनाएको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ४५ बजे

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका