जाडोमा तोरीको तेलले पुर्‍याउँछ यस्तो फाइदा (५ टिप्स )  « Khabarhub

जाडोमा तोरीको तेलले पुर्‍याउँछ यस्तो फाइदा (५ टिप्स ) 


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भान्सादेखि पूजाआजा तथा शरीरको मालिससम्म तोरीको तेलको प्रयोग हुन्छ । तोरीको तेल स्वादका कारण धेरै व्यक्तिमाझ लोकप्रिय छ ।

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन र मिनरल पाइदैन ।

एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । यसले मानव शरीरमा धेरै प्रकारका फाइदाहरु पुर्‍याउने गर्दछ । तोरीको तेलको फाइदा निम्न छन् :

१. चिसोमा उपयोगी तोरीको तेलमा शरीरलाई तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्ने काम गर्छ । रुघामा तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिदाँ रुघा निको हुन्छ र घाँटी सफा हुन्छ ।

२. बाहिरी दुखाईमा उपयोगी तोरीको तेलले नियमित मसाज गर्दा शरीरमा रक्त सञ्चार बढाई शरीरका बाहिरी दुखाईलाई कम गर्छ । यसले जोर्नी दुख्ने र बाथको समस्याका लागि समेत उपयोगी हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाई कम गर्छ ।

३. क्यान्सरमा उपयोगी तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ । तोरीको तेलमा हुने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।

४. मुटुरोगका लागि लाभदायी तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त पाइन्छ । यसमा ओमेगा थ्री र ओमेगा सिक्स फ्याटी एसिड पनि हुन्छ । फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्‍याउँछन् ।

५. शरीरका लागि फाइदा तोरीको तेलले मसाज गर्दा रक्त सञ्चार प्रणाली, पसिनाका ग्रन्थीसहित पाचन प्रणालीमा समेत राम्रो फाइदा पुर्‍याउँछ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्दा शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो हुने गर्दछ ।

यसका साथै तोरीको तेलले दम रोगका बिरामीलाई स्वास फेर्न सहज बनाउने, मष्तिष्कको कार्यक्षमता बढाउने, दाँत सेतो पार्ने, छाला स्वस्थ बनाउने, छाला सुख्खा हुन नदिने, कपाल झर्नबाट जोगाउने, कपाल फुल्न नदिने लगायतका फाइदा हुने गर्दछ । ताेरीको तलका नाममा बजारमा पाइने तेलहरुबाट भने सावधानी रहनुपर्छ । शुद्ध तोरीको तेल  मानव स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ०७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्