जाडोमा यी खानेकुराले बनाउँछ प्रतिरक्षा प्रणाली बलियो « Khabarhub

जाडोमा यी खानेकुराले बनाउँछ प्रतिरक्षा प्रणाली बलियो


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो महिनामा लाग्ने रोगबाट बच्नका मानिसले खानपानमा विशेष ध्यान दिनुपर्छ । जाडो मौसममा मानिसलाई अझ बढी रोगले सताउने गर्छ त्यसका लागि  प्रतिरक्षा प्रणालीलाई बलियो राख्नु पर्छ ।

प्रतिरक्षा प्रणाली हरेक जीवको शरिर भित्र हुने त्यस्तो जैविक प्रक्रियाको एउटा संग्रह हो जसले कुनै पनि रोगको कोशिकाहरुलाई चिनेर मार्ने काम गर्दछ र उक्त जीवलाई रोग लाग्नबाट बचाउने गर्दछ ।

चिसो मौसममा तपाईंले अदुवा, लसुन, च्याउ, चिया, दही, माछा र गाजरजस्ता आहाराको सेवन गर्नुपर्ने हुन्छ । यी आहारको सेवनले तपाईंको शरिरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।

१. कम चिनी हालिएको गाजरको खीर खानुपर्छ । जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ ।

२.सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ । यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले रुघाखोकीसित लड्ने शक्तिसमेत प्रदान गर्छ।

३.जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ। मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ। नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ। खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनुपर्छ।

४.मधुमेहका रोगीले चिनीको सेवन नियन्त्रित रूपमा गर्नुपर्छ भने रिफाइन्ड कार्बोहाइड्रेटको सेवनबाट जोगिनुपर्छ र कम्प्लेक्स कार्बोहाइड्रेटको सेवन गर्नुपर्छ अर्थात् गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ ।

५. जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ ।

६.पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ । बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ ।

७.जसले जाडो मौसममा शरीरको तौल कम गर्ने चाहना राख्छन् उनीहरूले चिल्लो पदार्थ सेवन गर्नु हुँदैन । उनीहरूको आहारमा फाइबर, फलफूल, सलाद एवं तरल पदार्थ पर्याप्त मात्रामा हुनुपर्छ । अन्न, मल्टिग्रेन आटा, ब्राउन ब्रेड तथा उच्च फाइबरयुक्त बिस्कुट पनि तौल कम गर्न सहयोगी हुन्छन् ।

८.अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन् । घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ ।

९.जाडोमा कतिपय मानिस सोच–विचार नगरी बढी मात्रामा खान्छन् । प्रायः मानिसलाई के खाने र कति खाने भन्ने ज्ञान हुँदैन ।

१०‍. जाडोमा भोक दबाउनु हुँदैन। हरियो सागपात राम्रो भोजन हो कारण यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक पदार्थ पर्याप्त मात्रामा हुन्छ । अतः हरियो सागपात खाऔं र स्वस्थ तथा फिट रहौं ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ४२ बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश