चितवनका ८३ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा « Khabarhub

चितवनका ८३ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् ।

जिल्ला भूमि समस्या समाधान समितिले बिहीबार उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । गत जेठ २५ गते गठन भएको समितिले पहिलो चरणमा इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका परिवारलाई पुर्जा वितरण गरेको हो ।

समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाका अनुसार इच्छाकामना गाउँपालिकाका ६६ र रत्ननगर नगरपालिका–१२ का पाँच भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारले पुर्जा पाएका छन् । यस्तै, रत्ननगर–१२ का १२ अव्यवस्थित बसोबासी परिवारलाई पनि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ।

चितवनमा विभिन्न समयमा गठित आयोगमार्फत हालसम्म एक हजारभन्दा बढी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरिसकेका छन् । हाल कालिका नगरपालिका–३ का २५ जनाको प्रमाणीकरण भइसकेकाले उनीहरूको पुर्जा तयार भइरहेको समितिले जनाएको छ ।

जिल्लामा जग्गाधनी प्रमाणपुर्जाका लागि ४३ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ९ : ३९ बजे

चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

काठमाडौँ- नेपाल र बङ्गलादेशबीच व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पर्यटन

चितवनका ८३ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा

चितवन- चितवनमा ८३ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारले

हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

भोजपुर– खेतबारी खनजोत गर्न हातेट्रयाक्टरको प्रयोग बढेसँगै भोजपुरका गाउँघरमा गोरु

साउदीमा हुथी आक्रमण : एक नेपालीको मृत्यु, तीन घाइते

काठमाडौँ– साउदी अरबमा पछिल्लो समय भएका आक्रमणमा परी एक नेपाली

रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ- नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै रासायनिक