रोजर फेडेररलाई सेमिफाइनल मै हराएर स्टेफानोसले दिए चुनौती « Khabarhub

रोजर फेडेररलाई सेमिफाइनल मै हराएर स्टेफानोसले दिए चुनौती


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजर फेडेररलाई सेमिफाइनल मै हराएर स्टेफानोस सिट्सिपासले चुनौती दिएका छन् । यही चुनौतीसँगै एटिपी फानल्स टेनिसको उपाधिका लागि स्टेफानोस सिट्सिपास र डोमिनिक थिएमबिच प्रतिस्पर्धा हुने भएको छ ।

२१ वर्षका ग्रिक खेलाडी स्टेफानोसले ६ पटकका विजेता रोजर फेडेररलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेका हुन् । लण्डनमा भएको खेलमा स्टेफानोसले ३८ वर्षका स्वीस खेलाडी फेडेररलाई ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

अर्को सेमिफाइनलमा साबिक विजेता एलेक्जान्डर स्भेरेभ पाँचौँ बरियताका डोमिनिक थिएमसँग पराजित भए । अस्ट्रियन थिएमले स्भेरेभलाई ७–५ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

२६ वर्षका थिएम र २१ वर्षका स्टेफानोस दुवैका लागि एटिपी फाइनल्सको उपाधि उनीहरुको खेल जीवनको सबैभन्दा ठूलो सफलता बन्ने छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ५७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको