जण्डिसको दबाई ‘पानी अमला’ कसरी प्रयोग गर्ने ? « Khabarhub

जण्डिसको दबाई ‘पानी अमला’ कसरी प्रयोग गर्ने ?


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

विभिन्न रोगको औषधी हाम्रै वरीपरी हुन्छन् । गाउँ घरमा हुने त्यस्ता जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं भने कतिपय थाहा पाउँदा-पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन् ।

कतिपय महत्वपूर्ण जडिबुटी कौडीको भाउमा बेचेर त्यसबाट बनेका औषधीहरु महँगो मुल्यमा किन्न बाध्य छौं । आज हामीले हाम्रै गाउँघरमा पाइने पानी अमलाको औषधीय गुणका बारेमा चर्चा गरेका छौं ।

पानी अमलाबारे कतिपयलाई थाहा छैन होला । अमलासँग परिचित भएपनि पानी अमला पनि हुन्छ र ? भन्ने प्रश्न पनि कतिपयलाई उब्जिन सँक्छ ।

पानी अमला वन जंगलमा पाइने एउटा वनस्पति हो । जंगलमा पाइने एक किसिमको झार जसको जमिन मुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जसलाई पानी अमला अर्थात भुइँ अमला पनि भन्ने गरिन्छ ।

यसको प्रयोग

पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुने आयुर्वेदले जनाउँछ ।

यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । यो मधुमेहका रोगीकालागि पनि लाभदायक मानिन्छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : १८ बजे

म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते

म्यान्मा । पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई

साढे ३ महिनापछि ताप्लेजुङ–काठमाडौँ हवाई उडान

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई

बैंककमा महिनाभरि हुने वर्षा २ दिनमै, ८० हजार मानिस बाढीमा फसे

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककमा पछिल्लो दुई दिनमा लगभग ३२०

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या

नवलपरासी – आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो

सम्यक् महादान आयोजना गर्न सचिवालय स्थापना

काठमाडौं – राष्ट्रिय सभा गृहमा आज ‘सम्यक् महादान मूल समारोह