६ किलो गहना र ७ लाख ३० हजारसहित एक व्यक्ति पक्राउ | Khabarhub Khabarhub

६ किलो गहना र ७ लाख ३० हजारसहित एक व्यक्ति पक्राउ


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाले भारतको जयनगरबाट नेपाल ल्याउँदै गरेको ६ किलो चोरीका गरहगहना र नेपाली रुपैयाँ ७ लाख ३० हजार एक सयसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहा बस्ने अन्दाजी ४८ वर्षीय अजय गुप्ता छन् । उनलाई जनकपुर उपमहानरपालिका–२५ लोहनाबाट पक्राउ गरिएको हो । सो गणका गणपति एसपी राजेश उप्रेतीले निजले आफ्नो शरीरमा कपडाले बेरी अवैध रुपले ती सामान र नगद नेपाल ल्याउँदै गर्दा बीओपी डेवडियाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक रञ्जित तिवारी नेतृत्वको टोलीले पक्राउ गरेको बताए । उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र थप कारबाहीका लागि जनकपुर भन्सार कार्यालय बुझाइने गणपति उप्रेतीले बताए ।

सो गण पछिल्ला दिनमा अवैध सामान पक्राउ र आपराधिक गतिविधि नियन्त्रणमा सक्रियताका साथ लागिपरहेको छ । एक साताअघि मात्रै पनि सो गणले चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको थियो । बरामद छालाको शरीरको भाग ५ फिट र पुच्छरसहित गरी ७.५ फिट लम्बाइ र ४/४.५ फिट चौडाइ थियो ।

पक्राउ पर्नेमा धनुषा क्षीरेश्‍वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने केदारनाथ उपाध्याय (ढुंगेल)का करिब २८ वर्षीय छोरा सुनिल ढुंगेल, सोही ठाउँका वीरदेव महतोका छोरा ३९ वर्षीय शिवकुमार महतो र धनुषा धनौजी गाउँपालिका–४ बस्ने महावीर मण्डलका ३६ वर्षीय छोरा जयराम मण्डल रहेका थिए ।

सो गणले केही दिनअघि मात्रै १० किलो चाँदी बरामद गर्न सफल भएको थियो । बरामद चाँदीको बजार मूल्य ७ लाख २९ हजार ३ सय १२ रुपैयाँबराबर रहेको थियो । उप्रेती गणपति भएर आएयता ५५ किलो चाँदी बरामद भइसकेको छ। यस्तै, केही दिनअघि मात्रै पनि सो गणले भन्सार छली नेपाल ल्याइएका साढे ८ लाख रुपैयाँ बढीको अवैध सामान बरामदगरेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : २१ बजे

‘लगानी सम्मेलन अवसरको नयाँ ढोका, सरकारको उधारो प्रतिबद्धता चल्दैन’

सरकारले यही वैशाख १६ र १७ मा गर्न लागेको चौथो

व्यासमा जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाइने

काठमाडौं– व्यास नगरपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय

व्यासमा प्लास्टिक झोला निषेध

दमौली– तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ कमर्स

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका