हात्तीले छेक्यो नाइट बसको बाटो, भिडियो बन्यो भाइरल « Khabarhub

हात्तीले छेक्यो नाइट बसको बाटो, भिडियो बन्यो भाइरल


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । जहाँ एक हात्तिले बसको बाटो छेक्छ ।

बुद्धिबहादुर गुरुङले उक्त भिडियो फेसबुकमा राखेका हुन् । उनका अनुसार हात्तीले काठमाडौंबाट माँडीहुँदै ठोरी चल्ने नाइट बसको बाटो छेकेको हो ।

शनिबार उक्त घटना घटेको उनले जानकारी दिए । उनका अनुसार चौतारा भन्दा माथिल्लो अमुवा पोष्ट नजिकै एउटा माउते हात्तीले बसको बाटो छेकेको थियो ।

हात्तीको आक्रमणबाट जोगाउन उक्त बसका ड्राइभर बढो सावधानी अपनाएको भिडियोमा देख्न सकिन्छ । उनले प्रेसर हर्न हानेर हात्तिलाई भगाउन सफल भएका छन् । हर्न बजाउँदा हात्ति बस नजिकै आएको थियो । हात्ति नजिकै आएको देखेर बसमा सवार रहेका यात्रुहरु डराएर चिच्चाएको भिडियो प्रष्ट सुन्न सकिन्छ ।

डराएका यात्रुहरुलाई सान्तवना दिँदै नचिच्याउन आग्रह गर्दै ड्राइभरले लगातार प्रेसर हर्न बजाए पछि हात्ती आफ्नो बाटो लागेको थियो ।

यसैबीच, जंगली हात्तीको आक्रमणबाट चितवनको माडीमा २ जनाको ज्यान गएको छ । माडी १ बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल मोटरसाईकलमा बरुवाबाट बादर झुलातर्फ गइरहेको बेला शनिबार बिहान जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले पुष्टि गरेका हुन् । एक महिना अघि पनि माडी मै जंगली हात्तिको आक्रमणमा एक वृद्दाको मृत्यु भएको थियो ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : १२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल