हात्तीले छेक्यो नाइट बसको बाटो, भिडियो बन्यो भाइरल « Khabarhub

हात्तीले छेक्यो नाइट बसको बाटो, भिडियो बन्यो भाइरल


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । जहाँ एक हात्तिले बसको बाटो छेक्छ ।

बुद्धिबहादुर गुरुङले उक्त भिडियो फेसबुकमा राखेका हुन् । उनका अनुसार हात्तीले काठमाडौंबाट माँडीहुँदै ठोरी चल्ने नाइट बसको बाटो छेकेको हो ।

शनिबार उक्त घटना घटेको उनले जानकारी दिए । उनका अनुसार चौतारा भन्दा माथिल्लो अमुवा पोष्ट नजिकै एउटा माउते हात्तीले बसको बाटो छेकेको थियो ।

हात्तीको आक्रमणबाट जोगाउन उक्त बसका ड्राइभर बढो सावधानी अपनाएको भिडियोमा देख्न सकिन्छ । उनले प्रेसर हर्न हानेर हात्तिलाई भगाउन सफल भएका छन् । हर्न बजाउँदा हात्ति बस नजिकै आएको थियो । हात्ति नजिकै आएको देखेर बसमा सवार रहेका यात्रुहरु डराएर चिच्चाएको भिडियो प्रष्ट सुन्न सकिन्छ ।

डराएका यात्रुहरुलाई सान्तवना दिँदै नचिच्याउन आग्रह गर्दै ड्राइभरले लगातार प्रेसर हर्न बजाए पछि हात्ती आफ्नो बाटो लागेको थियो ।

यसैबीच, जंगली हात्तीको आक्रमणबाट चितवनको माडीमा २ जनाको ज्यान गएको छ । माडी १ बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल मोटरसाईकलमा बरुवाबाट बादर झुलातर्फ गइरहेको बेला शनिबार बिहान जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले पुष्टि गरेका हुन् । एक महिना अघि पनि माडी मै जंगली हात्तिको आक्रमणमा एक वृद्दाको मृत्यु भएको थियो ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : १२ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार