मिर्गौलाको पत्थरी हटाउन पालुंगो खानुस् « Khabarhub

मिर्गौलाको पत्थरी हटाउन पालुंगो खानुस्


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

पालुंगोको साग खानमा मात्र स्वादिलो हुँदैन यो स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ ।

यसको सेवनले शरीरमा रगतको कमी भएकाहरुका लागि मात्र पालुंगो हितकारी हुन्छ भन्ने धेरैलाई थाहा छ । तर यसका अन्य औषधिय गुणको बारेमा भने कमैलाई थाहा होला । पालुंगोको सागमा अन्य धेरै पौष्टिक तत्वहरु पाइन्छन् जुन शरीरलाई अत्यावश्यक हुन्छ ।

१ सय ग्राम पालुंगोको सागमा २६ किलो क्यालरी उर्जा पाइन्छ ।

पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, पाइन्छ । त्यस्तै जम्मा ०.७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ ।

पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ । त्यसैले पालुंगोलाई जिउको संरक्षक खाद्य पदार्थ समेत भनिन्छ ।

पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मिर्गौलामा परेको पत्थरी हटाउन मद्दत पुग्छ ।

पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ ।

नियमित रुपमा पालुंगोको साग खानाले कारण स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ ।

जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ ।

रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।

थाइराइडको समस्या भएका ब्यक्तिहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ०३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको