झरनाको ‘ए मेरो हजुर ४’ बन्ने पक्का, सुहानासँग गर्नेछन् अनमोलले रोमान्स « Khabarhub

झरनाको ‘ए मेरो हजुर ४’ बन्ने पक्का, सुहानासँग गर्नेछन् अनमोलले रोमान्स


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ए मेरो हजुर ४’ मा अनमोल केसी र सुहाना थापाको जोडी रहने भएको छ । फिल्ममा अनमोलले शीर्ष भूमिका निभाउने पहिले नै तय भए पनि लिखित सम्झौता भने शनिवार मात्र भएको हो ।

‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले रुचाएका थिए । यो जोडीलाई झरनाले ‘ए मेरो हजुर ४’ मा पनि दोहोर्‍याउन लागेकी हुन् । झरनाकी छोरी समेत रहेकी सुहानाका लागि ‘ए मेरो हजुर ३’ डेब्यु फिल्म थियो ।

फिल्मलाई सुनील कुमार थापाले निर्माण गर्नेछन् भने झरना थापाले निर्देशन गर्नेछिन् । माघ २० गतेबाट फ्लोरमा जाने यो फिल्म नेपालसहित ओमान र हल्याण्डमा पनि छायांकन हुनेछ ।

निर्माण टिमले अन्य कलाकार को–को रहने भन्ने जानकारी गराएको छैन । यद्यपि फिल्ममा अनमोल र सुहानाको शीर्ष भूमिका रहनेछ । र, यी दुवैलाई फेरि एकपटक प्रेमी प्रेमिकाका रुपमा पर्दामा देख्न पाइनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ४२ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक