उत्कृष्ट करदातालाई सम्मान गरिने  « Khabarhub

उत्कृष्ट करदातालाई सम्मान गरिने 


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले उत्कृष्ट करदातालाई सम्मान गर्ने भएको छ । आइतबारदेखि शुरु हुने आठौं राष्ट्रिय कर सप्ताहको अवसरमा विभिन्न क्षेत्रका व्यवसायी एवं करदाताहरूलाई सम्मान गर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले कर सप्ताहको सम्पूर्ण तयारी पूरा भएको भन्दै उत्कृष्ट करदातालाई सम्मान गर्न लागेको जनाएको हो । नेपालमा मूल्य अभिवृद्धि कर शुरु गरेको अवसरमा विगत ८ वर्षदेखि हरेक वर्ष १ मंसिरको दिनलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ ।

सरकारले २०५४ सालको १ मंसिरबाट मुलुकमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो । २०६९ सालको २ कात्तिकको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष १ मंसिरमा कर दिवस मनाउने निर्णय गरेअनुरूप नै यो दिवस मनाउन लागिएको हो ।

विभागका महानिर्देशक कुँवरले केन्द्रीयस्तरमा विभागको आयोजनामा र हरेक कार्यालयमा कार्यालयहरूले कर दिवसको विशेष कार्यक्रम गर्नेछन् । यसैगरी, निजी क्षेत्रका छाता संगठनले पनि कर दिवसका विभिन्न कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए ।

विभागले कर दिवसको अवसरमा मूल्य अभिवृद्धि कर, आयकरलगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने तयारी गरेको छ ।

यसैगरी, सम्पूर्ण कार्यालयले पनि आफू मातहतका करदाताको सम्मान तथा जनचेतना अभिवृद्धि कार्यक्रम गर्नेछन् । ‘स्वच्छ कर प्रशासन, विकार सुशासन’ भन्ने मूल नाराका साथ यसपटकको कर दिवस मनाउन लागिएको विभागले जनाएको छ ।

८ लाख करदाता थपिए

चालू आर्थिक वर्षको पहिलो चार महिनामा ८ लाख नयाँ करदाता थपिएका छन् । विभागले दिएको जानकारीअनुसार गत आवको अन्त्यमा जम्मा २१ लाख करदाता थिए ।

अहिले सो करदाताको संख्या बढेर कुल २९ लाख ६५ हजार पुगेका छन् । सो करदातामध्ये २ लाख ३९ हजार ७५८ जना मूल्य अभिवृद्धि कर ( भ्याट) तर्फका करदाता हुन् । यसैगरी, सरकारले ल्याएको ‘प्यान फर अल’ कार्यक्रमबाट ७ लाख ९४ हजार नयाँ करदाता करको दायरामा आएको विभागका महानिर्देशक कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : ५५ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो