काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड « Khabarhub

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग विज्ञ टोलीद्वारा संयुक्त रूपमा तयार पारिएको ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’ को रणनीतिक वातावरणीय मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । 

यस गुरुयोजनाले सन् २०५० सम्मको दीर्घकालीन अवधि समेट्दै काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाको यातायात प्रणालीलाई सुरक्षित, समावेशी र दिगो बनाउने लक्ष्य राखेको छ । हाल उपत्यकामा सवारी साधनको घनत्व प्रतिकिलोमिटर ८६८ पुगेको र कार्यालय समयमा औसत गति बिहान १३.६ किमीरघण्टा तथा बेलुकी १०.६ किमीरघण्टामा सीमित भएकाले परम्परागत रूपमा सडक विस्तार मात्र गरेर समस्या समाधान नहुने निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

काठमाडौं-भक्तपुर पूर्व-पश्चिम कोरिडोरमा ‘मास ट्रान्सिट’ र सुरुङमार्ग

गुरुयोजनाले उपत्यकाको तीव्र ट्राफिक चाप व्यवस्थित गर्न सार्वजनिक यातायातमा आधारित ठूला पूर्वाधार निर्माणलाई मुख्य रणनीति बनाएको छ । यस अन्तर्गत सबैभन्दा बढी यात्रु चाप हुने काठमाडौंको रत्नपार्कदेखि भक्तपुरसम्म करिब १४.६ किलोमिटर लामो पूर्व-पश्चिम ‘मास ट्रान्सिट’ (मेट्रो रेलरमास र्‍यापिड ट्रान्सिट) निर्माण गर्ने प्रस्ताव गरिएको छ। यस मेट्रो लाइनको मुख्य सहरी भाग तथा कोटेश्वर क्षेत्रमा भूमिगत (अन्डरग्राउन्ड) संरचना रहनेछ ।

यसका साथै, ट्राफिक जाम नियन्त्रणका लागि महाराजगञ्जमा अन्डरपास, चाबहिल-गौशाला क्षेत्रमा भूमिगत सुरुङमार्ग, रिङरोड तथा नदी किनारका कोरिडोरहरूको स्तरोन्नति गर्ने योजना प्रतिवेदनमा छ । सडकमा खानेपानी, विद्युत र फाइबर अप्टिक जस्ता पूर्वाधारका लागि पटक-पटक हुने खन्ने कार्य रोक्न मुख्य सडकहरूमुनि एकीकृत ‘युटिलिटी कोरिडोर’ निर्माण गर्ने रणनीतिसमेत समेटिएको छ ।

उपत्यकामा वायु प्रदूषण गराउने सूक्ष्म कणहरूको मात्रा राष्ट्रिय मापदण्डभन्दा निकै माथि रहेको र इन्धनयुक्त ट्रकहरूले कुल सवारीको २.३ प्रतिशत मात्र ओगटे पनि ८० प्रतिशत उत्सर्जन गर्ने गरेको अध्ययनले देखाएको छ । 

यो नयाँ गुरुयोजना (एकीकृत यातायात रणनीति) पूर्ण रूपमा कार्यान्वयन भएमा सन् २०५० सम्ममा हरितगृह ग्यासको उत्सर्जन बिना-आयोजनाको अवस्था भन्दा करिब २०.६ प्रतिशत देखि २१ प्रतिशत ९वार्षिक करिब १,५९,२४४ टनले घट्ने प्रक्षेपण गरिएको छ । सार्वजनिक यातायातको स्तरोन्नति र विद्युतीय सवारी साधनको प्रवर्द्धनले वायुको गुणस्तरमा उल्लेख्य सुधार ल्याउने अपेक्षा छ ।

ठमेल र वसन्तपुर क्षेत्रमा ‘कार-फ्री’ पैदलयात्री क्षेत्र

ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेका ठमेल र दरबार स्क्वायर ९वसन्तपुर, असन० क्षेत्रमा निजी सवारी साधनको प्रवेश निषेध गरी ‘कार-फ्री’ पैदलयात्री क्षेत्र बनाउने प्रस्ताव गुरुयोजनामा गरिएको छ । पैदलयात्रीका लागि पर्याप्त पेटी, हरियाली र अपाङ्गता-मैत्री पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ । 

सवारी निषेध गरिएका क्षेत्र वरपर पर्याप्त पार्किङ स्थल, वैकल्पिक पहुँच मार्ग र जोडिएका सडकहरूमा ट्राफिक व्यवस्थापनका लागि विस्तृत अध्ययन गरिने प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं उपत्यकाभित्र युनेस्कोका सात वटा विश्व सम्पदा सूचीकृत स्थलहरू रहेकाले सम्पदा क्षेत्र नजिक निर्माण हुने यातायात आयोजनाहरूका लागि अनिवार्य रूपमा सम्पदा प्रभाव मूल्याङ्कन  गरिनेछ। 

आयोजना कार्यान्वयनका क्रममा हुन सक्ने जग्गा अधिग्रहण र सुकुम्बासी लगायत भूमिहीन विस्थापितहरूका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उचित मुआब्जा, पुनर्वास र जीविकोपार्जन संरक्षणको सुनिश्चितता गरिनेछ । तीनवटै तहका सरकार, स्थानीय निकाय, साना यातायात व्यवसायी र सरोकारवालाहरूसँग प्रभावकारी संस्थागत समन्वय कायम गरी गुरुयोजना अघि बढाउने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ११ : २९ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन