नेपाली भूमिबाट विदेशी सेना हटाउँछौं र भूमि फिर्ता लिन्छौं– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

नेपाली भूमिबाट विदेशी सेना हटाउँछौं र भूमि फिर्ता लिन्छौं– प्रधानमन्त्री ओली


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमी सरकारले फिर्ता लिने बताएका छन् ।

नेपाल युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार संवाद गर्न नसक्ने सरकार नभएको बताए ।

छिमेकी सँग किन्चित तनाव नहोस् भन्ने पक्षमा आफूहरु रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘संवादबाट समस्याको समाधान चाहन्छौं’ ओलीले भने,‘अहिलेको सरकार संवाद गर्न नसक्ने कुरा गर्न नसक्ने सरकार होइन । इतिहासले देखाइसकेको छ यो सरकार राष्ट्रिय हितको पक्षमा सरकार लड्न सक्छ । ’

प्रधानमन्त्री ओलीले नेपालको भूमिबाट विदेशी फोज फिर्ता गराउने र सीमाको रक्षा गर्ने ओलीको भनाइ थियो ।

‘सरकारले संवादबाट सीमा सम्बन्धी समस्या समाधान गर्छ ’ प्रधानमन्त्री ओलीले भने,‘हाम्रो भूमिबाट विदशी फौज फिर्ता गराउँछ । हाम्रो भूमिको रक्षा गर्छ ।’

कतिपयले नक्सा सच्याउने कुरा गरेको भन्दै ओलीले नक्सा सच्याउने मात्र नभइ भूमि फिर्ता ल्याउने कुरा महत्वपूर्ण रहेको ओलीको भनाइ छ ।

‘कतिपयले नक्सा सच्याउन त अहिले सकिन्छ यहाँ तर नक्साको कुरा होइन भूमि फिर्ता ल्याउने कुरा छ यहाँ । यो सरकारले भूमि फिर्ता ल्याउँछ ’ ओलीले भने ।

‘नक्सा त प्रेसमा छाप्दा भइहाल्छ । यो प्रेसमा नक्सा छाप्ने कुरा मात्र होइन । भूमि फिर्ता ल्याउने कुरा हो ’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल र नेपालीहरु भूमि फिर्ता ल्याउन सक्छन् र सक्षम छन् ।’

सीमाका विषयमा सबै राजनीतिक दलले एक जुट भएर आवाज उठाएको र यो आवश्यक रहेको ओलीको भनाइ थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : १० बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार