नेपाली भूमिबाट विदेशी सेना हटाउँछौं र भूमि फिर्ता लिन्छौं– प्रधानमन्त्री ओली « Khabarhub

नेपाली भूमिबाट विदेशी सेना हटाउँछौं र भूमि फिर्ता लिन्छौं– प्रधानमन्त्री ओली


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमी सरकारले फिर्ता लिने बताएका छन् ।

नेपाल युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार संवाद गर्न नसक्ने सरकार नभएको बताए ।

छिमेकी सँग किन्चित तनाव नहोस् भन्ने पक्षमा आफूहरु रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

‘संवादबाट समस्याको समाधान चाहन्छौं’ ओलीले भने,‘अहिलेको सरकार संवाद गर्न नसक्ने कुरा गर्न नसक्ने सरकार होइन । इतिहासले देखाइसकेको छ यो सरकार राष्ट्रिय हितको पक्षमा सरकार लड्न सक्छ । ’

प्रधानमन्त्री ओलीले नेपालको भूमिबाट विदेशी फोज फिर्ता गराउने र सीमाको रक्षा गर्ने ओलीको भनाइ थियो ।

‘सरकारले संवादबाट सीमा सम्बन्धी समस्या समाधान गर्छ ’ प्रधानमन्त्री ओलीले भने,‘हाम्रो भूमिबाट विदशी फौज फिर्ता गराउँछ । हाम्रो भूमिको रक्षा गर्छ ।’

कतिपयले नक्सा सच्याउने कुरा गरेको भन्दै ओलीले नक्सा सच्याउने मात्र नभइ भूमि फिर्ता ल्याउने कुरा महत्वपूर्ण रहेको ओलीको भनाइ छ ।

‘कतिपयले नक्सा सच्याउन त अहिले सकिन्छ यहाँ तर नक्साको कुरा होइन भूमि फिर्ता ल्याउने कुरा छ यहाँ । यो सरकारले भूमि फिर्ता ल्याउँछ ’ ओलीले भने ।

‘नक्सा त प्रेसमा छाप्दा भइहाल्छ । यो प्रेसमा नक्सा छाप्ने कुरा मात्र होइन । भूमि फिर्ता ल्याउने कुरा हो ’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल र नेपालीहरु भूमि फिर्ता ल्याउन सक्छन् र सक्षम छन् ।’

सीमाका विषयमा सबै राजनीतिक दलले एक जुट भएर आवाज उठाएको र यो आवश्यक रहेको ओलीको भनाइ थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : १० बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट